कान्तिपुरकर्मी सेजुवाल सहित ५ पत्रकार पुरस्कृत

प्रकाशित मिति:

बुटवलमा आयोजित राष्ट्रिय दलित पत्रकार संघको प्रथम महाधिवेशनमा कान्तिपुरका कर्णाली प्रदेश कलेन्द्र सेजुवाल बुटवलमा पुरस्कृत भएका छन् । सेजुवाललाई २५ हजार रुपैयां राशिको टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट पुरस्कृत गरिएको हो । त्यस्तै, बृजलाल वरपासवान, देवब्रत परियार स्मृति राशि पुरस्कारबाट मिना ढकाल, राममाया च्यामे लोक पुरस्कार २०७७ बाट विष्णु निष्ठुरी र पर्शु सवरी पत्रकारिता पुरस्कार २०७७ बाट मानसिंह विश्वकर्मा र राम सोवि सामाजिक पत्रकारिता पुरस्कारबाट प्रेम सुनार पुरस्कृत भएको राष्ट्रिय दलित पत्रकार संघका उपाध्यक्ष गोपाल बराईलीले बताए । शुक्रवार सुरु भएको महाधिवेशन आइतवार सम्म चल्नेछ ।