गंगा मावी  को ४१ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

प्रकाशित मिति:

रामु भुषाल, गंगा मावी बर्दघाट १४ गंगावस्ती पश्चिम नवलपरासीको ४१ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस शनिबार विद्यालय प्रागणमा सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शोभाखर भुषालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले सामुदायिक विदयालयहरुले पनि पछिल्लो समय निजि विद्यालय सरह गुणस्तरिय शिक्षा प्रदान गरिरहेको बताउदै विद्यालयहरुले विद्यार्थीको संख्यात्मक भन्दा गुास्तरिय र ब्यवारिक शिक्षामा ध्यान दिनुपर्ने बताउनुभयो । साथै उहाँले नेपालको नयाँ नक्शा सहितको पाठ्यक्रम आगामी शैक्षिक सत्र देखी लागु गर्ने सरकारले तयारी थालेको जानकारी दिदै प्रदेश सरकारले शिक्षामा पर्याप्त लगानी गरिरहेको र सबै बालबालिकाहरुलाई विदयालयको पहुँचमा पुर्याउने लक्ष्यका साथ काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बर्दघाट नगरपालिकाका प्रमुख प्रासकिय अकिृत मेघनाथ पाध्याय, बर्दघाट शिक्षा शाखा प्रमुख उपसचिव ईन्द्र बहादुर कुवंर, विशेष अतिथिको रुपमा बर्दघाट वडा नम्बर १४ का वडाध्यक्ष केशव बहादुर खत्री, अतिथिहरु विद्यालयका पुर्व प्रअ मुरारी भण्डारी, पुर्व शिक्षक एवं जनप्रतिनिधि टेक नरायन नवलपुरिहा थारु, पुर्व शिक्षक अभिभावक संघका अध्यक्ष हरि प्रसाद सुवेदी, सल्लाहकार हरि प्रसाद बास्तोला, दाउन्ने देवी महिला बहुद्धेश्यि सहकारी सस्थाकी अध्यक्ष देवी पौडेल लगाएतले मन्तब्य राख्नुभएको थियो । सो अवसरमा विद्यालयका प्रअ राम विलास पौडेलले विद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । विद्यार्थीहरुद्धारा विभिन्न सास्कृतिक प्रस्तुती सहित सम्पन्न भएको कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो । शिक्षक अभिभावक संघका शिक्षक प्रतिनिधि भुपेन्द्र प्रसाद रिजालको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक बसन्त रेग्मीले गर्नुभएको थियो ।