महत्व नबुझ्दा भैतारिनु पर्यो: रापबो प्रमुख तिवारी

प्रकाशित मिति:

भैरहवा । शिक्षाको महत्वलाई बुझ्न नसक्दा मानिसहरु विभिन्न ठाउँमा भौतारीनु परेको राष्ट्रिय परीक्षा बोर्ड बुटवलका प्रमुख नमाकान्त तिवारीले बताएका छन् । भैरहवामा आयोजित मुनलाइट आवासीय माध्यमिक विद्यालयको कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्ने कार्यक्रममा बोल्दै प्रमुख तिवारीले शिक्षामा जुनसुकै विषय र सङ्काय उत्तिकै महत्वपूर्ण रहेको तर सोँचाइमा फरक आउँदा विभिन्न ठाउँमा भौतारीनु परेको बताएका हुन् । विद्यार्थीहरुले गर्ने क्रियाकलापबाट नै शिक्षक तथा मूल्याङ्कन कर्ताले निर्णय गर्ने भएकोले विद्यार्थी जीवनमा अनुशासन र मेहनत नै उपलब्धि हुने बताए । आजका विद्यार्थी भोलीका प्रधानमन्त्री, राष्ट्रपति तथा निजामति कर्मचारी हुने भएकोले लगनशील भएर अध्ययन गरे लक्ष्यमा पुग्न सकिने सिद्धार्थनगर नगरपालिकाका शिक्षा अधिकृत चेतनशील लम्सालले बताए ।

शिक्षा क्षेत्रमा लुम्बिनी प्रदेशस्तरमै मुनलाइट विद्यालय अब्बल रहेको र शिक्षा र व्यवस्थापन सङ्काय अध्ययन गर्ने विद्यार्थी अन्यत्र नगई प्रथम रोजाइमा मुनलाइट परेको विद्यालयका प्राचार्य राजेशराज जोशीले बताए । भैरहवामा मुनलाइट विद्यालयले शिक्षा क्षेत्रमा ठूलो योगदान दिएको र आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको प्लस टु संयोजक टिकाराम भट्टराईले बताउँदै विद्यार्थीहरुले अनुशासनलाई ध्यानमा राखी हरेक गतिविधिलाई अगाडि बढाउनु पर्ने जनाए । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष विरेन्द्र श्रीवास्तव, चिलिया माध्यमिक विद्यालयका प्रधानाध्यापक भिम पाण्डे, विद्यालयका शिक्षक भिमार्जुन पोखरेल विद्यालयकी छात्रा प्रशंसा भण्डारी र सुजिना भट्टले मन्तव्य राखेका थिए । कार्यक्रममा कक्षा १२ उत्तीर्ण गरेका उत्कृष्ठ विद्यार्थी विजय अग्रहरी, श्रेया गैरे, शुभम मिश्रा, स्वेता सिंह, उमाशंकर वीरलाई विद्यालयले सम्मान गरेको थियो । कार्यक्रम मुनलाइट आवासीय माध्यमिक विद्यालयका कार्यवाहक अध्यक्ष भैरवप्रसाद कलवारको अध्यक्षता र सहायक प्रिन्सिपल राजन पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।