तिन महिने नि : शुल्क कम्प्यूटरको तालिम सम्पन्न

प्रकाशित मिति:

तिन महिने कम्प्यूटरको तालिम पाएपछि बिधार्थीहरु हर्सित

सिरहा लहान, २९ फागुन , सिरहाको लहान नगर पालिका –८ मा निस्शुल्क रुपमा संचालन भएको तिन महिने आधारभुत कम्प्यूटर तालिमको समापन कार्यक्रममा आयोजकबाट तालिमको प्रमाण –पत्र पाएपछि बिधार्थीहरु खुशिले गदगद भएका छन् । लहान नगर पालिका –८ का वडा सदस्य सुरेश कुमार साहको आयोजनामा संचालन भएका तालिममा यहाँका ९० जना बिधार्थीहरुको सक्रिय सहभागिता रहेको थियो ।

वडा सदस्य साहले नगर पालिकाबाट पाएको पारिश्रमिक वापतको रकमबाट तिन महिने निस्शुल्क अधारभुत कम्प्यूटर तालिम संचालन गरेका थिए ।समापन तथा प्रमाण पत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा सदस्य साहले भने – बिधार्थीको दक्ष सिप विकास तथा ज्ञानको विकासको लागि आफूले पारिश्रमिक रकमबाट तिन महिने अधारभुत कम्प्यूटर तालिम संचालन गरेको उनले बताए । उनले बिधार्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै सबै बिधार्थीहरुको उज्जवल भविष्यको कानमा गर्दै सबैलाई शुभ कामना समेत दिएका थिए ।कम्प्यूटर तालिमको प्रशिक्षक श्याम कुमार महतोले रहेका थिए । प्रमाण पत्र तथा समापन कार्यक्रममा संचारकर्मीहरु रेडियो सरगम का फिरोज शेख नेपाल पोस्ट दैनिक का महेश सिंह, बिरेन्द्र नेपाल, रोहित कुमार मण्डलको समेत उपस्थिति रहेका थिए ।