पार्टीको नेपाल र झलनाथ खनाल समूहका नेताहरूलाई कुनै जिम्मेवारीबाट हटाइएको छैन : ओली

प्रकाशित मिति:

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेताहरूलाई कुनै जिम्मेवारीबाट नहटाएको बताएका छन् । काठमाडौँमा शनिबार आयोजित कार्यकर्ता भेलामा एमाले अध्यक्षसमेत रहेका ओलीले नेपाल खनाल समूह बैठकमा आए कसरी अगाडि बढ्ने भन्‍नेबारे छलफल गर्न आफू तयार रहेको बताए । ‘उहाँहरूले जस्तो अध्यक्षबाट निकालेँ भन्या छैन । पार्टी सदस्यबाट निकालेँ भन्या छैन । कतैबाट निकाल्या छैन । तर हामीले काम गर्दै गर्नुपरेन रु पार्टी चलाउँदै गर्नु परेन रु,’ ओलीले भने, ‘उहाँहरू आएपछि सल्लाह गरौला । अहिले पार्टी चलाउँदै गर्नका लागि हामीले केही साथीहरूलाई केही कामको जिम्मा दिएका छौँ ।’उनले चैत ७ गते बोलाएको बैठक आएमा आफू छलफल गर्न तयार रहेको बताए । उनले चैत्र ७ गतेको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन आव्हान पनि गरे । बैठकमा अनुपस्थित भए विधान बमोजिम कारबाही गर्ने चेतावनी पनि दिए ।ओलीले आफुलाई प्रधामन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई चुनौती दिए । मोर्चा कसेर प्रधामन्त्रीबाट हटाए पनि नेकपा९एमाले० २० महिनापछि दुई तिहाइ बहुमतसाथ सिंहदरबार प्रवेश गर्ने उनको भनाइ छ ।उनले एकता कायम राख्‍न र मिलेर अगाडी बढ्न नेकपा९माओवादी केन्द्र० का नेता कार्यकर्तालाई आग्रह गरे ।