अन्तर्राष्ट्रिय कराँते खेलाडीलाई गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरको कार्यालयमा स्वागत

प्रकाशित मिति:

न्युयोर्क, अमेरिका गिरिजा प्रसाद कोइराला फाउन्डेशन अमेरिका च्याप्टरको कार्यालयमा नेपालका अन्तर्राष्ट्रिय कराँते खेलाडी द्वय जनकसिंह खड्का र सुनिल लामालाई मार्च १३ मा स्वागत गरिएको छ । उनीहरुलाईसंस्थाका अध्यक्ष सोमनाथ घिमीरेले खादा लगाई स्वागत गर्नुभयो। सो कार्यक्रममा फाउन्डेशनका अध्यक्ष घिमिरे, कार्यसमिती सदस्य राजेश आचार्य, भोईस फर युथका संस्थापक र कार्यक्रम निर्देशक छिरिड॰ लामा योन्जन लगायतले कॅंराते खेल वारे र समसामयिक विषयमा अन्तर्कृयात्मक छलफल गर्नु भएको थियो  । त्यस्तै,  खेल र स्वास्थ्य एकअर्कासँग सम्वन्धित भएकाले यसलाई सँगसँगै अगाडि बढाउने उद्देश्यअनुसार  छिट्टै न्युयोर्कमा कराँते स्कूल खोल्ने योजना  रहेको जानकारी गराउनुभयो ।

कैलालीको धनगढी घर भएका जनकसिंह खड्का राष्ट्रिय खेलकुद परिषद (राखेप)को पूर्वप्रशिक्षक समेत हुन् । खड्काले नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिई थुप्रै पदकहरु पनि जितिसकेका छन् । उनले पछिल्लो पटक सन् २०१६ मा हंगेरीमा आयोजित अन्तर्राष्ट्रिय सितेरियो कराँते प्रतियोगितामा स्वर्णपदक जितेका थिए।

अर्का अन्तर्राष्ट्रिय कराँते खेलाडी काठमाडौंको नागर्जुन घर भएका सुनिल लामाले सन् २०१० मा बंगलादेशमा आयोजना भएको ११ औं सागमा स्वर्ण पदक जितेका थिए र नेपालको प्रतिनिधित्व गर्दै लामाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिई थुप्रै पदकहरु पनि जितिसकेका छन्।