सभापति बोहकका पदमा उठ्दिन : शेखर

प्रकाशित मिति:

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले नेपाली काँग्रेसको आगामी भदौमा हुने १४औँ महाधिवेशनमा केन्द्रीय सभापतिबाहेक कुनै पनि पदमा आफूले उम्मेदवारी नदिने बताएका छन्। नेपाल प्रेस युनियन खोटाङले त्रिधार्मिक धाम हलेसीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीको सभापति पदमा आफूले उम्मेदवारी दिनेबारे समर्थक र नेताहरूसँग छलफल भइरहेको जानकारी दिए।

नेता कोइरालाले अहिले नेपाली काँग्रेसभित्रको आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएकाले काँग्रेसलाई लिकमा ल्याउन आफूले सभापतिको दाबी गरेको बताए। मुलुकमा विकसित राजनीतिक परिवेशको मुख्य जिम्मेवार प्रधानमन्त्री केपी शर्मा ओली रहेको उनले आरोप लगाए। “संसद् पुनः स्थापना भएपछि राजनीतिक दलको भूमिका मिल्न नसक्ने अवस्थामा पुगेको छ”, उनले भने, “वर्तमान परिवेशमा प्रतिनिधिसभा अनिर्णयको बन्दी भइरहनुपर्ने परिस्थिति सिर्जना भएकाले चुनावमा जानुको विकल्प छैन।”