प्रथम बर्दघाट नगर स्तरिय राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिता आइतबार देखी सुरु

प्रकाशित मिति:

रामु भुषाल, प्रथम बर्दघाट नगर स्तरिय राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७७ को आइतबार एक कार्यक्रमका बीच समुद्घाटन गरिएको छ । बर्दघाट नगरपालिकाको आयोजनामा सुरु भएको सो प्रतियोगिता बर्दघाट ४ बाढिपिडित स्थित नव जिवन मावीको प्रांगणमा हुन लागेको हो । बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको अध्यक्षता तथा लुम्बिनी प्रदेशका प्रदेश सासंद दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथयता रहेको प्रतियोगिताको समुद्घाटन गर्दै प्रमुख अतिथि अधिकारीले खेललाई रोजगारी र ब्यवसायिकता सित जोडेर विभिन्न खालका योजनाहरु अगाडी बढाउन तर्फ तीनै तहका सरकारले विषेश योजना अघि सारेको बताउनु भएको छ । प्रदेश सभासद अधिकारीले बर्दघाट नगरक्षेत्रवाट राष्ट्रिय स्तरमा समेत थुप्रै खेलाडीहरु उत्पादन भएको स्मरण गराउदै अबका दिनमा पनि त्यस प्रकारका राष्ट्रिय खेलाडीहरु उत्पादनका लागि बर्दघाट नगरपालिकाले विषेश भूमिका निर्वाह गर्नु पर्ने कुरामाथि जोड दिनु भएको थियो ।

त्यसैगरी प्रदेस सभा सदस्य अधिकारीले खेल मैदान र खेलाडीहरुको लागि आवश्यक पर्ने अन्यकुराहरुको ब्यवस्थापनका लागि प्रदेश सरकार र स्थानिय सरकार सहकार्य गर्दे अघिबढी रहेको समेत बताउनु भएको थियो । कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्याय, बर्दघाट नगरपालिका वडा नं. ४ का वडाध्यक्ष एवं नगर प्रवक्ता रविन्द्र विक्रम हमाल, बर्दघाट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्तोष श्रेष्ठ, गंगा माविका प्र.अ. रामविलास पौडेल, नव जिवन माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिलाराम चालिसे लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो । बर्दघाट नगर शिक्षा प्रमुख उपसचिव ईन्द्र बहादुर कुंवरको स्वागत मन्तबय रहेको कार्यक्रमको सञ्चालन नवजिवन मावीका प्रअ अर्जुन पौडेलले गर्नु भएको थियो । नगरपालिकाका सामुदायिक र निजि विद्यालयहरु गरि १६ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा छात्र छात्रा भलिबल, हाईजम्प, लम्जम्प, सटर््फूट, ज्यावलीङ्ग थ्रो र रनिङ्ग लगाएतका खेलहरु संचालन हुनेछन । जसमध्ये रनिङ्ग तर्फ १ सय, २ सय र ४ सय मिटरको सिंगल÷सिङ्गल तथा ४ सय र १६ सय मिटरको रिले दौड प्रतियोगिता हुने छन । त्यसैगरी सटफूट तर्फ छात्राका लागि ८ पाउन्ड र छात्रका लागि १२ पाउन्डको सटफूट प्रतियोगिता हुने बताईएको छ । आइतबार वाट शुरु भएको प्रथम बर्दघाट नगर स्तरिय राष्ट्रिपति रनिङ्ग शिल प्रतियोगिता आगामी ३ गते मंगलबार सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ ।