नेपाल राष्ट्रिय शिक्षक संगठन,कञ्चन गाउ कार्य समितिको तेश्रो अधिबेशन सम्पन्न

प्रकाशित मिति:

१ चैत्र,कञ्चन, नेपाल राष्ट्रिय शिक्षक संगठन,कञ्चन गाउ कार्य समितिको शनिवार तेश्रो गाउ अधिबेशन कञ्चनको दानापुरतालमा सम्पन्न भएको छ। सम्पन्न अधिबेशनले हरैया माध्यमिक बिधालयका सहायक प्रधानाधयापक प्रकाश आचार्यको नेतृत्वमा २१ सदस्यिय नेपाल राष्ट्रिय शिक्षक संगठन,कञ्चनका लागि नयाँ कार्य समिति गठन गरेको छ। नव निर्वाचित कार्य समितिको उपाध्यक्षमा गजेडी माध्यमिक बिधालयका बाबुराम पौडेल,महिला उपाध्यक्षमा गौतमबुद्ध आधारभुत विधालयका सरला ढकाल,सचिवमा सरस्वती माध्यमिक विधालयका बिष्णु प्रसाद अधिकारी सहसचिवमा दुर्गा माध्यमिक विधालयका जमुना अधिकारी,कोषाध्यक्षमा प्रगती माध्यमिक विधालयका कृष्ण प्रसाद शर्मा र सहकोषाध्यक्षमा लुम्बिनी ज्ञान निकेटन माध्यमिक बिधालयका लेखकला भट्टराई निर्वाचित हुनु भएको छ। यस्तै सदस्यहरुमा रुद्रपुर माध्यमिक विधालयका गोपाल पौडेल,जनज्योती आधारभुत विधालयका ओम बहादुर तरामु,गजेडी माध्यमिक बिधालयका चिरञ्जीबी गौतम,हरैया माध्यमिक विधालयका बावुराम पौडेल,सरस्वती माध्यमिक विधालयका अर्जुन अधिकारी,शिवशक्ती आधारभुत विधालयका मैना कुमारी कार्की,गजेडी माध्यमिक विधालयका कलावती चौधरी निर्वाचित हुनु भएको भने संस्थागत बिधालयहरुको तर्फबाट बुद्धदीप अंग्रेजी आवासिय बिधालयका उमा ढकाल,लिटिल रोज ईंलिस बोर्डिंग स्कुलका बावुराम गौतम,सेवा निर्वित्त शिक्षकहरुको तर्फबाट हरि प्रसाद सुवेदी,नवराज पौडेल निर्वाचित भएको नव निर्वाचित उपाध्यक्ष बावुराम पौडेलले जानकारी दिनु भएको छ। यसैगरी संगठनमा नेपाल शिक्षक महासंघ,कञ्चनको तर्फबाट मेघनाथ शर्मालाई पदेन सदस्यको रुपमा मनोनित गरिएको नव निर्वाचित उपाध्यक्ष पौडेलले जानकारी दिनु भएको छ।

नेपाल राष्ट्रिय शिक्षक संगठन,कञ्चन गाउ कार्य समितिको शनिवार तेश्रो गाउ अधिबेशनलाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन,रुपन्देही जिल्ला समितिका अध्यक्ष मोतीलाल सुवेदीले शिक्षकहरु बौद्धिक र शारीरिक मजदुर भएको र उनिहरुको हक हितका लागि संगठनले निरन्तर संघर्ष गर्दै आइरहेको बताउनु भएको थियो । मजदुरहरुको कुनै धर्म,दल र जाती नहुने भएकोले पनि बौद्धिक तथा शारिरीक मजदुरहरुको कुनै रंग,धर्म र जाती नहेरेर बिशुद्ध मजदुरहरुकै पक्षमा निरन्तर संघर्ष गर्नु पर्ने र शिक्षकहरु लाइ जहां जस्तो समस्या पर्छ त्यही समस्याको समाधान गर्न पछि पर्न नहुने उल्लेख गर्नु भएको थिययो । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन,जिल्ला समितिका उपाध्यक्ष कासिराम पोख्रेल,नेपाल शिक्षक महासघ,कञ्चनका अध्यक्ष मेघनाथ शर्मा,प्रदेश प्रतिनिधि कृष्ण भुसाल रुपन्देही जिल्ला सचिवालय सदस्य भुमिश्वर गौतम, गंगा पौडेल नेपाल कम्युनिष्ट पार्टी९नकपा० कञ्चनका अध्यक्ष भरतमणी सापकोटा लगायतले नव निर्वाचित पदाधिकारीहरुलाई शिक्षकहरुको हक अधिकारहरुलाई सुनिश्चित गर्नमा सदैव अग्रसर हुने बिश्वास सहित शुभकामना ब्यक्त गर्नु भएको थियो ।

यसैगरी शनिवार सम्पन्न भेलाले नेपाल राष्ट्रिय शिक्षक संगठन,कञ्चन गाउपालिका वडा समितिहरुको गठन गरेको छ भेलाले वडा नं। १ मा जनज्योती आधारभुत बिधालयका ओम बहादुर तरामुको अध्यक्षतामा वडा समिति गठन गरेको छ ।जसको उपाध्यक्षमा सुभद्रा घिमिरे, सचिवमा गजतराम चौधरी कोषाध्यक्षमा मन्जु पौडेल र सदस्यहरु टेकराज पौडेल निर्मल अधिकारी, हरि प्रसाद गौतम, बिष्णु आचार्य, रोमनाथ कोइराला र महिला सदस्य टोपली थापा, विष्णा घर्ती मगर र मीना गुरुङ रहेका छन ।यसैगरी वडा नं २ मा चिरञ्जीवी गौतमको अध्यक्षतमा समिति गठन भएको छ।सो समितिमा उपाध्यक्ष पुष्पा कार्की, सचिवमा दिपक पोख्रेल, कोषाध्यक्षमा देवी न्यौपाने र सदस्यहरु राजेन्द्र उपाध्यय, सगरणी पोख्रेल, रुक्मागत पाण्डे, बाबुराम गौतम, मोहोन बोहोरा, इन्द्र बहादुर खत्री र भगवती बस्याल रहेका छन । यस्तै यस्तै वाड नं ३ मा अध्यक्ष बाबुराम पौडेल, उपाध्यक्ष कमला ज्ञवाली, सचिवमा कलाधर ढकाल, कोषाध्यक्षमा बिष्णु माया कंडेल, सदस्यहरु श्रीधर भुसाल, दुर्गा प्रसाद शर्मा, राजेन्द्र ढकाल, भिम आचार्य, तुल्सा बेलबासे, आचार्य शोभा ढकाल र अनुसा दिप शर्मा निर्वाचित भएका छन भने वाड नं ४ अध्यक्ष गोपाल पौडेल, महिला उपाध्यक्ष निरु राना, सचिव गंगालाल पौडेल, कोषाध्यक्ष पबित्रा शर्मा, सदस्य नर बहादुर पुन, बिष्णु रायमाझी, जीवन पौडेल, धुर्व पौडेल, हरि पौडेल, महिला सदस्य लोकमाया थापा, मन्जु पोख्रेल, चन्द्र बहादुर आले र वाड नं।५ अध्यक्ष अर्जुन अधिकारी, उपाध्यक्षमा निरु पोख्रेल, सचिवमा भानुभक्त बेलबासे, कोषाध्यक्षमा हरिमाया बि क, सदस्यहरुमा श्याम चापागाईं, यज्ञ प्रसाद सापकोटा, डोलराज पौडेल,अनिल सापकोटा मेनुका डंगोरिया,बिनिता केसी र भगवती पराजुली रहेका छन ।