स्वास्थ्य सचेतना जगाउदै शुद्घोधन

प्रकाशित मिति:

सिर्जना प्रर्टेल, शुद्घोधन चैत्र ०१, शुद्घोधन गाउपालिका वार्ड न .१ मा २ दिने स्वास्थय सचेतना कार्यक्रम सुरु भएको छ । सैनामैना सञ्चार प्रा.लि को आयोजना र शुद्घोधन गाउपालिका वार्ड न .१ को सहयोगमा कार्यक्रम सचेतना आयोजना  गरिएको हो ।कार्यक्रम शुभारम्भ गर्दै शुद्घोधन वार्ड .न १ का वडा अध्यक्ष उदयराज गडेरियाले वडा बासीमा स्वास्थ्य सम्बन्धी सचेतना जगाउने उद्यश्यले सुद्घोधन बार्ड न.१ मा २ दिने स्वास्थ्य सम्बधी सचेतना कार्यक्रम सुरु गरिएको बताउनु भएको छ । कोरोना प्रकोप कायमै रहेकोले कोरोना सम्बन्धी सचेतना र अन्य स्वास्थ्य सम्बन्धी सचेत गराउन वडामा स्वास्थ्य सचेतना कार्यक्रम संचालन गरिएकोे अध्यक्ष गडेरिया ले बताउनु भयो । अझै पनि गाउघरमा नेपाल सरकारले स्वास्थ्य सम्बन्धी प्रदान गर्ने र उपलब्ध स्वास्थ्य सुबिधाको बिषयमा जनता अनबिज्ञ रहेको बताउदै यस प्रकारको कार्यक्रमले जनतामा जाग्रुकता आउने वार्ड अध्यक्ष गडेरियाले बताउनुभयो । गाउघरकै स्वास्थ्य केन्द्रहरुमा बिभिन्न किसिमका स्वास्थ्य सेवा र औषधीहरु निशुल्क उपलब्ध रहेको बताउदै अध्यक्ष गडेरियाले यस प्रकारको सुबिधाको आम जनसमुदायले फाईदा लिन समेत आग्रह गर्नुभयो ।

भौतिक बिकास संगै मानविय बिकासमा पनि जरुरी रहेको यस प्रकारको कार्यक्रमले मानबिय बिकासमा सहयोग पुग्ने सैनामैना सञचार प्रा.लि का अध्यक्ष टिका खरेलले बताउनु भएको छ । दुई दिने सचेटना मुलक कार्यक्रममा बिभिन्न टोलबासीहरुमा स्वास्थ्य सम्वन्धी सचेटना फैलाउदै स्वास्थय सामाग्री समेट वितरण गर्नै कार्यक्रम रहेको खरेलले बताउनु भयो । वडा बासि हरुलाई बिभिन्न कार्यक्रम मार्फत जनचेटना जगाउने उद्यश्य वडाको रहेको शुद्घोधन वार्ड न १ का वार्ड सचिब हिरालाल भुसालले बताउनु भयो । सचेटना कार्यक्रमा शुद्घोधन वार्ड न १ स्वास्थ्य संयोजक गोमा ढुङ्खानाले स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिनु भएको थियो । वार्डका बिभिन्न टोलबाट करिब ४० जना सहभागी रहेका कार्यक्रममा सैनामैना संचार प्रा.लिका संचालक नेत्र थापाको स्वागत मा कार्यक्रम सम्पन्न भएको थियो ।