तामाङ घेदुङको साधारण सभा र अधिवेशन सम्पन्न

प्रकाशित मिति:

तामाङ घेदुङको साधारण सभा र अधिवेशन सम्पन्नधरानः नेपाल तामाङ घेदुङ सुनसरीको वार्षिक साधारण सभा तथा नेपाल तामाङ घेदुङ, धरानको आठौं नगर अधिवेशन र घेदुङको भातृ संस्था नेपाल तामाङ महिला घेदुङ, धरानको अधिवेशन एकैसाथ सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोलेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिका अध्यक्ष सुरज लामा, नेपाल तामाङ घेदुङका धरान नगर अध्यक्ष प्रेम वाइवा र नेपाल तामाङ महिला घेदुङ, धरानका अध्यक्ष प्रतिमा पाख्रिनले अध्यक्षता गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि सुजेन्द्र गोले, घेदुङका केन्द्रीय सल्लाहकार जय गोले, सचिवालय सदस्य तथा नेपाल तामाङ युवा घेदुङका केन्द्रीय अध्यक्ष विलम मोक्तान, सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कुलान घिसिङ, केन्द्रीय सदस्य मैतबहादुर गोले, १ नं. प्रदेश सदस्य लोकवहादुर थिङ लगायतले मन्तव्य राखेका थिए ।

 


अधिवेशनले नेपाल तामाङ घेदुङ, धरानको नयां कार्यसमितिमा अध्यक्ष याम गोले, उपाध्यक्षद्धय सपन योञ्जन र मिना घिसिङ, सयिव ललित जिम्वा, कोषाध्यक्ष जयकुमारी थिङ, सहसचिव प्रसन्न तामाङ, सदस्यहरु राजेश पाख्रिन, टीका पाख्रिन, उदासचन्द्र तामाङ, प्रदिप लामा, राम तामाङ, गोपाल बम्जन, राजेन्द्र प्रसाद तामाङ, सानु तामाङ, कुमार तामाङ र सन्तोष पाख्रिनलाई चयन गरेको छ । त्यसैगरी नेपाल तामाङ महिला घेदुङ धरानको नयां कार्यसमितिमा अध्यक्ष गंगा योञ्जन, उपाध्यक्ष गोमा गोले, सचिव तारादेवी पाख्रिन, सहसचिव बचरीमाया घिसिङ, कोषाध्यक्ष मिसन घिसिङ, सदस्यहरु अरुणा मोक्तान, दिलकुमारी योञ्जन, फुलमाया स्याङवो, चानमाया स्याङवो, श्रीमाया घिसिङ, गंगा दोङ, माया गोले, सानु योञ्जन, सरिता तामाङ, तारा तामाङ, कमला पाख्रिन, संगिता थिङ, निशा तामाङ, तारा मोक्तान र जुनिमाया तामाङलाई चयन गरेको छ । कार्यक्रममा तामाङ साहित्यमा उल्लेखनीय योगदान गर्नुभएका साहित्यकार इन्दु योञ्जनलाई विशेष सम्मान गरिएको थियो ।