कञ्चन गाउपालिकाबाट गएराती २ पल्सर वाइक चोरी

प्रकाशित मिति:

२ चैत्र,कञ्चन, रुपन्देहीको कञ्चन गाउपालिकामा गए राती दुई थान पल्सर वाइक चोरी भएको छ। इलाका प्रहरी कार्यलय,रुद्रपुरका अनुसार कञ्चन गाउपालिका वडा नं। ४ अस्नैया कालिकाटोल बस्ने मनोज कुमार रानाको रातो कालो १५० सि सि को पल्सर वाइक र कञ्चन ३ प्रतापपुर बस्ने बिन्दु कुवंरको १५० सि सि को निलो कालो पल्सर वाइक हराएको हो । इलाका प्रहरी कार्यलय,रुद्रपुरमा पिडितहरुले दिएको निवेदन अनुसार मनोज कुमार रानाको आफ्नै घरको बरण्डामा राखि राखेको लु ५५ प ३९९४ नं। को १५० सि सि रातो कालो पल्सर वाइक सोम बिहान अन्दाजी ४स्१३ बजेको समयमा उठेर बाहिर निस्किदा सधै राखि रहेको स्थानमा आफ्नो वाइक नभए पछि चोरी भएको शंका गरिएको हो । राती करिब ३स्३० बजेको समयमा बाहिर घड्रयाक घुड्रुक गरेको आवाज आएको थाहा पाए पनि घर बाहिर कुकुर बस्ने भएकोले कुकुर चलेको होला भनि वास्ता नगरेको तर करिब ४स्१३ बजेको समयमा उठेर बाहिर निस्किदा बाइक हराएको थाहा भएको पिडित मनोव कुमार रानाले जानकारी दिनु भएको छ।
यस्तै कञ्चन गाउपालिका वडा नं। ३ प्रतापपुर बस्ने बिन्दु कुवंरको पनि सोही समयमै आफ्नो वाइक हराएको कुरा इलाका प्रहरी कार्यलय,रुद्रपुरमा जानकारी दिनु भएको छ। पिडित बिन्दु कुवंरका अनुसार बिहान अन्दाजी ३ बजेको समयमा उठेर हेर्दा राखिएको ठाउमा भएको र पछि करिब ४स्४५ बजेको समयमा उठेर हेर्दा घरको बरण्डामा राखिएको लु ५० प ४८३५ नम्वरको निलो कालो १५० सि सिको पल्सर वाइक हराएको इलाका प्रहरी कार्यलय,रुद्रपुरमा जानकारी गराउनु भएको छ। पिडितहरुले दिएको निवेदन अनुसार हराएका मोटरसाइकलहरुको खोजिकार्य भइरहेको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय,रुद्रपुरले जनाएको छ।