चलचित्र विकास बोर्डमा तीन सदस्य नियुक्त

प्रकाशित मिति:

सरकारले चलचित्र विकास बोर्डमा तीन सदस्य नियुक्त गरेको छ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको तीन रिक्त पदमा अर्जुनकुमार डंगोल, प्रकाश भट्टराई र राज कटुवाललाई नियुक्त गरिएको अध्यक्ष दयाराम दाहालले जानकारी दिए । बोर्डमा लामो समयदेखि सदस्य पद रिक्त थियो । अर्जुनकुमार फिल्म निर्माता हुन् भने राज फिल्मका कलाकार हुन् । ुफाटेको जुत्ताु, ुचपली हाइटु निर्माण गरेका अर्जुनकुमार गायकसमेत हुन् । राज कटुवालले फिल्म लालटिनु, लीलाुलगायत म्युजिक भिडियोमा अभिनय गरेका छन् । भट्टराई भने निर्देशक हुन् । यससँगै चलचित्र जाँच समितिमा (सेन्सर बोर्ड ) मा सन्तोषकुमार थापा, राजेश महर्जन र मीनक्षी कोइराला नियुक्त भएको अध्यक्ष दाहालले जनाए ।