नेपाल पर्यटन पत्रकार महासंघ, लुम्बिनीको बैठक, अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

नेपाल पर्यटन पत्रकार महासंघ, लुम्बिनीले तिनाउ गाउँपालिका–२ पाल्पा स्थित सुकेतालमा बैठक, अवलोकन तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । संघले सुकेतालमा पर्यटनको सम्भावना र पर्यटन सम्बन्धि बहस र अन्तरक्रिया गरेको हो। सो अवसरमा बोल्दै सरोकारवालाहरुले धार्मिक र ऐतिहासिक महत्व रहेको सुकेताल सो क्षेत्रमा संचालित खानीको कारण प्रभावित हुँदै गयको हुँदा त्यसको संरक्षण र प्रवर्द्धनमा जोड दिनुपर्ने बताए । कार्यक्रममा होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीका संस्थापक अध्यक्ष माधव नेपाल, वर्तमान अध्यक्ष रामप्रसाद गौतम, पत्रकार महासंघ लुम्बिनीका सदस्य बिक्रम खड्का, तिनाउ गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष राजेश श्रेष्ठ लगायतले बोल्दै सुकेतालको संरक्षण र प्रवर्द्धनमा जोड दिनुपर्ने बताए । कार्यक्रम संघका अध्यक्ष भुवन कार्कीको अध्यक्षता, गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठको प्रमुख आतिथ्यता र महासचिव कपिल ज्ञवालीको संचालनमा भएको थियो । कार्यक्रममा रुपन्देही पाल्पा, नवलपरासी, कपिलवस्तु, दाङ लगायतका दुई दर्जन बढी पत्रकार तथा पर्यटन ब्यवसायीको सहभागिता रहेको थियोे ।