विद्यार्थी नगरप्रमुख – उपप्रमुख कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

कौरव खत्री,चैत ३,बागलुङ, गलकोट नगरपालिकाको आर्थिक वर्ष २०७७÷७८ को निति तथा कार्यक्रम अन्तर्गत विद्यार्थीसग नगरप्रमुख÷उपप्रमुख कार्यक्रम सोमवार देखि शुरु भएको छ । वालमैत्री स्थानिय शासन नगरसमिति को वैठकले गरेको निर्णयअनुसार सोमबारबाट सुरु भएको कार्यक्रम आज गलकोट नगरपालिका वडा नम्वर ८ को जनजागृति माद्यमिक विद्यालयमा सम्पन्न भएको हो ।
कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले कक्षा ८ देखि १२ सम्मका विद्यार्थिहरुसंग प्रत्यक्ष रुपमा अन्तरक्रिया गर्दै वाल मैत्री नगर घोषणा कार्यक्रमको वारेमा विद्यार्थिहरुलाई जानकारी गराउनुभएको थियो । गलकोट नगरपालिकालाई २०७८ पौष मसान्त भित्र वालमैत्री नगर घोषणा गर्ने कार्यक्रम अन्तर्गत त्यसका लागि आवश्यक पर्ने विभिन्न सुचकाङ्कहरुको वारेमा विद्यार्थिलाई जानकारी गराउदै किशारेअवस्थाका विद्यार्थिहरुले खेल्नुपर्ने भुमिकाको वारेमा समेत जानकारी गराउनुभएको थियो । कार्यक्रममा गलकोट नगरपालिकाका प्रशासकिय अधिकृत राजन कडेलले वालमैत्री स्थानिय शासन कार्यक्रमको औचित्य र उद्देश्य वारे विद्यार्थिहरुलाई सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष राम प्रसाद कडेल लगायतले कार्यक्रमको वारेमा प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रमको अवसरमा राष्ट्रिय युवा परिषद् र सामाजिक विकास मन्त्रालयको आयोजनामा गण्डकि प्रदेश स्तरिय युवा लेखन प्रतियोगितामा द्धितिय हुन सफल जनजागृति माद्यमिक विद्यालयकि छात्रा समिक्षा शाहिलाई सम्मान गरिएको थियो । सोहि अवसरमा नगरप्रमुख गैरेले समिक्षा शाहिलाई प्रोत्साहन स्वरुप गलकोट नगरपालिकाको तर्फवाट नगद रु ५ हजार प्रदान गर्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष वेदिलाल सापकोटाको अध्यक्षता, प्रधानाध्यापक तेजेन्द्र वुढाथोकिको स्वागत तथा शिक्षक मानसिंह थापाको सञ्चालनमा सम्पन्न भएको थियो । विद्यार्थिसंग नगरप्रमुख÷उपप्रमुख कार्यक्रम गलकोट नगरपालिकाका सम्पुर्ण माद्यमिक तहका विद्यालयहरुमा सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।