प्रधानमन्त्रि निवासमा आज चियापान कार्यक्रम

प्रकाशित मिति:

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चियापानमा पार्टीका केन्द्रीय नेताहरु र सांसदहरुलाई बोलाइएको छ । सर्वोच्च अदालतको आदेश अनुसार नेकपा एमाले ब्युँतिएपछि नेताहरुबीच अनौपचारिक भेटघाट छलफल र हार्दिकता बढाउन चियापान कार्यक्रम आयोजना गरिएको ओली पक्षले जनाएको छ । तर, एमालेको माधव- झलनाथ पक्षले भने चियापान बहिस्कार गर्ने भएको छ । बालुवाटारमा गुट बैठक गरेर गरेका निर्णय बदर नगरिएसम्म कुनै संवाद नहुने सो पक्षले जनाएको छ । चियापान आफुहरुले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय भेलालाई प्रभावित गर्न आयोजना गरिएको माधव(झलनाथ पक्षको ठहर छ । ओली पक्षले भने चियापान कार्यक्रममा आए दुई पक्षबीच हार्दिकता बढ्ने र राम्रो एमाले बनाउन सकिने उनको विश्वास छ ।