खुल्ला नकआउट फुटवल प्रतियोगितामा नव जागरण युवा क्लब मिनि बनकट्टी बिजयी

प्रकाशित मिति:

उर्मिला यादव यात्री, चैत २, पश्चिम नवलपरासीको सुनवल ५ बनकट्टिमा जारी द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा आज भएको खेलमा नव जागरण युवा क्लब मिनि बनकट्टी बिजयी भएको छ । आज दिउसो भएको नव जागरण युवा कल्ब मिनि बनकट्टी र सार्वङ्गिक विकास मञ्च सुनवल–६ विचको खेलमा नव जागरण युवा क्लब मिनि बनकट्टी ३ गोल अन्तरले बिजयी भएको हो । सार्वङ्गिक विकास मञ्च सुनवल–६ ले कुनै गोल गर्न नसकेको आयोजकले जनाएको छ । सार्वङ्गिक विकास मञ्च सुनवल–६ ले कुनै गोल गर्न नसकेपछि नव जागरण युवा क्लब मिनि बनकट्टीले ३ गोल गर्दै जित हासिल गरेको छ । यस्तै गरी भोलि लर्ड बुद्ध ब्लु र सुनवल ३५ एफ सि बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । आगामि चैत १२ गते सम्म चल्ने प्रतियोगितामा विजेताले रु १ लाख ५ हजार नगद र उपविजेताले ५५ हजार नगद प्राप्त गर्नेछन ।