हरैया माध्यमिक विधालयको ४ कोठे भवन शिलन्यास

प्रकाशित मिति:

३ चैत्र,कञ्चन, हरैया माध्यमिक विधालय (साधरण तथा प्राबिधिक) कञ्चन ३ हरैयाको ४ कोठे भवन निर्माणको शिलन्यास भएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले भवन निर्माणको शिलन्यास गर्नु भएको हो । संघिय सरकारको अनुदानमा प्राप्त करिब ९० लाख रुपैयाको लागत खर्चमा निर्माण हुन लागेको भवनको शिलन्यास गर्दै राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराइले बिधालयमा शैक्षिक सुधारको लागि बिधालयमा आवस्यक पर्ने भौतिक पुर्वाधार निर्माणमा आफुले सक्दो पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । आफ्नो बिधालयको तल्लो कक्षाहरुमा बिधार्थीहरुको अभावलाई समाधान गर्न हरैया माध्यमिक बिधालयका प्रधानाध्यापक मेघनाथ शर्माले माग गर्नु भएको स्कुल बस व्यबस्थापन गर्न श्रोतहरुको पहिचान गरी यथाासक्य स्कुल बसको व्यबस्था गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सांसद भट्टराइले कञ्चनको बिकासमा स्थानिय जनप्रतिनीधि,राजनैतिक दलका नेता,बिकासप्रेमी अगुवाहरुको सही समयमा भएको सही नेतृत्वको भुमिका उल्लेखनिय भएको बताउनु भयो ।

राजनैतिक परिदृश्यको बारेमा बोल्दै सांसद भट्टराइले बिभिन्न सामाजिक सञ्जाल र समाचारहरुमा आए जस्तो निरासाजनक अवस्था नभएको नेपाल कम्युनिष्ट पार्टी ९एमाले०लाई बिभाजन हुनबाट जोगाउन पार्टी भित्रका शिर्ष नेतृतव र दोश्रो पुस्ताका नेतृत्वहरुले निरन्तर रुपमा वार्ता र संवाद भइरहेको र सकेसम्म जनताको बिशवासलाई जिवित बनाउने प्रयत्न भएको जानकारी गराउनु भएको छ। सांसद भट्टराइले भन्नु भयो आफ्नै घरको नेतृत्वलाई छोडेर अर्कै घरकालाई मुली मान्न थालेपछि पार्टीमा समस्या देखिन थालेको हो । लुम्बिनी प्रदेश,रुपन्देही क्षेत्र नं। ५ ९क०का सभासद भुमिशवर ढकालले संघ र प्रदेशले ठूला ठूला योजनाहरुलाई प्राथमिकता दिएर स्थानिय तहमा ती योजनाहरु भित्र्याउनु पर्ने र बिधालय तथा अन्य क्षेत्रहरु जो स्थानिय सरकारले सम्बोधन गर्न सक्छन ती योजनाहरुलाई स्थानिय सरकारमा योजना प्रस्ताव गर्नु पर्ने बताउनु भएको छ। हरैया माध्यमिक विधालयको लागि आवस्य भवनहरुको योजना भित्र्याउन जिल्ला शिक्षा समन्वय इकाई देखि क्षेत्रिय निर्देशनालय हुदै संघिय सरकारको शिक्षा मन्त्रालय र राष्ट्रपति शैक्षिक सुधार परियोजनामा समेत योजना प्रस्ताव गरिरहेको समेत जानकारी गराउउनु भयो ।
कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कञ्चनमा रहेका विधालयहरुको भवन निर्माण र शैक्षिक सुधारको लागि हरेक बर्ष बजेट व्यबस्थापन गर्दै आएको र कञ्चनको एकमात्र प्राबिधिक शिक्षालय भएको हिसावले पनि हरैया माध्यमिक बिधालयमा प्रत्येक बर्ष बजेट व्यबस्थापन गर्दै आइरहेको बताउनु भयो । यस्तै हरैया माध्यमिक बिधालयका प्रधानाध्यापक मेघनाथ शर्माले राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराइलाई ईगित गर्दै बिधालयमा शैक्षिक सुधार भएन भन्ने तर शैक्षिक सुधारका लागि आवस्यक पर्ने आवस्यक दरबन्दी र कर्मचारीहरुको राज्यले व्यबस्था नगरिनु दुखद पक्ष भएको र राज्यको नीति बनाउने तहमा सांसद भट्टराई हुनुभएकोले देशभरका सबै सामुदायिक बिधालयहरुमा प्रयाप्त शिक्षक दरबन्दी र कर्मचारीहरुको व्यबस्थापन गर्नेगरी राज्यले शिक्षा नीति बनाउनु पर्ने माग गर्नु भएको थियो ।

खांची निर्माण सेवा,काठमाण्डौले निर्माण गर्न लागेको सो भवन आगामी बर्ष २०७८ जेठ ३१ गते सम्म निर्माण सम्पन्न हुने भवन निर्माण शिलन्यास कार्यक्रममा कञ्चन गाउपालिकाका उपाध्यक्ष गोमा तरामु,वडा नं। ३ का वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछाने,नेपाल कम्युनिष्ट पार्टी(एमाले),कञ्चन गाउ कमिटीका अध्यक्ष भरतमणी सापकोटा,नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का पुष्पराज शर्मा,नेपाली कांग्रेस कञ्चन गाउ कमिटिका उप सभापति यम बहादुर क्षेत्री लगायतले शुभकामना मन्तव्य बयक्त गर्नु भएको थियो । साधारण र प्राबिधिक गरी करिब १ हजार २ सय बिधार्थी अध्ययनरत बिधालयमा बिगत ४ बर्ष देखि कम्प्युटर इन्जिनियरिंग बिषय पढाई हुदै आइरहेको हरैया माध्यमिक बिधालयको थप ४ कोठे भवन निर्माणको शिलन्यास कार्यक्रममा बिधालय व्यबस्थापन समितिका अध्यक्ष शेर बहादुर रानाको अध्यक्षता,बिधालयका सहायक प्रधानाध्यापक प्रकाश अचचार्यले स्वागत तथा शिक्षक तुल बहादुर थापाको संचालनमा कार्यक्रम समपन्न भएको थियो ।