सिद्धार्थनगर नगर सुनचाँदी व्यवसायी संघको प्रथम साधारण सभा सम्पन्न

प्रकाशित मिति:

सिद्धार्थनगर नगर सुनचाँदी व्यवसायी संघको प्रथम साधारण सभा सम्पन्न भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली प्रमुख आथित्यता र महासघका उपाध्यक्ष जोगलाल बिश्ववकर्मा विशेष आथित्यता शनिवार संघको साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइलीले महासंघ सम्पूर्ण सुनचाँदी व्यवसायीहरुको अभिभावक संघ भएकाले संघ व्यवसायीहरुको सुखदुःखमा साथमा रहने बताए । व्यवसायीहरूको कच्चापदार्थको रूपमा रहेको सुनको आयत कम रहेकाले आयतको मात्र बढाउन सरकारसँग अपिल गर्ने बताए । यस्तै संघको ८ औँ साधारणसभा सभाले महासंघ भित्रको गुट उप–गुट र गुटबन्दी अन्त गरेको दाबी गरेका छन् । साथै अब छिट्टै सरकारद्वारा सुनचाँदी खरिद बिक्री निर्देशिका बनाउने कार्य सम्पन्न हुन लागेको जनाउँदै सम्पूर्ण व्यवसायीहरूले ग्राहक हितमा रहेर ब्यवसाय गर्न आग्रह समेत गरेका छन् ।

कार्यक्रमा नेपाल सुनचाँदी ब्यवसायी महासघका सदस्य एम।वि।बिक र दिपक बिकको पनि सहभागिता रहेको थियो । साधारणसभामा अध्यक्षको प्रतिबेदन, सचिबको प्रतिबेदन र कोषाध्यक्षको आर्थिक प्रतिबेदन समेत पारित भएको थियो भने रूद्व देबी कला केन्द्रका कलाकारहरूको बेजोड प्रस्तुति समेत रहेको थियो । कार्यक्रम सिद्दार्थ नगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष प्रकाश मणि रामदामको अध्यक्षता, उपाध्यक्ष सतिश कुमार कौशलको स्वागत र सचिब किस्मत रामदामको संचालनमा सम्पन्न भएको थियो ।