लुम्बिनी प्रदेश स्तरीय टिन लिडर सिजन–२ प्रतियोगिता को अडिसन चैत ४ गते

प्रकाशित मिति:

इन्टेलेक्ट एजुकेशनल इन्ष्टिच्युसन, बुटवलको आयोजनामा रुपन्देहीमा लुम्बिनी प्रदेश स्तरीय टिन लिडर सिजन–२ प्रतियोगिता हुने भएको छ । आयोजक इन्टेलेक्ट एजुकेशनल इन्ष्टिच्युसन, बुटवलले आज  पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारी बारे जानकारी गराएको हो । सस्थाले युवालक्षित विभिन्न पेशागत तालिम, सेमिनार, प्रतिस्पर्धात्मक कार्यक्रमहरु संचालन गर्नुका साथै टिन लिडर नामक लुम्बिनी प्रदेश स्तरीय कार्यक्रमलाई २०७६ सालबाट निरन्तरता दिँदै आएको र अहिले सोही प्रतिस्पर्धाको दोस्रो सिजन टिन लिडर २०७७ आयोजन गर्न लागिएको सस्थाका अध्यक्ष दिपक रोकाले जानकारी दिए । प्रतियोगितामा सहभागि हुन १६ देखि १९ वर्ष उमेर समुहका लुम्बिनी प्रदेशका वासिन्दा वा प्रदेशको कुनै शैक्षिक सस्थामा अध्ययरत हुनुपर्ने सस्थाका प्रवन्ध निर्देशक तथा कार्यक्रम संयोजक मदन प्रसाद पन्थीले बताए ।

कार्यक्रमको अडिसन२०७७ चैत्र ७ गते हुने तथा अडिसनबाट छानिएका पन्ध्र प्रतिष्पर्धीलाई सात दिने निशुल्क तालिम दिइ तालिम पश्चात २०७७ चैत्र २१ गते ४ बजे होटल टुलिप, ड्राइभरटोलमा प्रतिस्पर्धाको फाइनल कार्यक्रम हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

प्रतिस्पर्धाबाट छानीएको टिन लिडरले २०७८ साल भरिमा कम्तिमा छ बटा युवालक्षित सामाजिक कार्य गरी त्यसको प्रतिवेदन आयोजकलाई बुझाउनु पर्ने पनि इभेन्ट म्यानेजर राज केसीले बताए । कार्यक्रमको मुख्य प्रायोजकमा भाइ कन्सल्टेन्सी एब्रोड बुटवल, सह प्रायोजकमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवा रहेको छ भने राज्य टेलिभिजन टेलिभिजन पार्टनर रहेको छ । दिनेश डि सी प्रम्ख निर्णायक रहेको बिजेताले ५१ हजार रुपयाँ नगद, मेडल र प्रमाणपत्र रहेको आर्थिक संयोजक राजु अर्यालले जानकारी दिए ।