पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो

प्रकाशित मिति:

सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। योसँगै डिजेल र मट्टीतेलको मूल्य एक सय रुपैयाँ नाघेको छ।  मंगलवार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गरिएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए। अब नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११८ पुगेको छ भने डिजेल, मट्टीतेल प्रतिलिटर १०१ पुगेको छ। यसैगरि हवाई इन्धन आन्तरिकको साविक मूल्यमा दुई रुपैयाँले वृद्धि भएको छ। अब हवाई इन्धन प्रतिलिटर ७४ रुपैयाँ पुगेको छ। खान पकाउने एलपी ग्यास तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको प्रवक्ता उपाध्यायले बताए। यस अघि गत महिना पनि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। फागुनमा दुई पटक मूल्य बृद्धि गरेको निगमले चैतको शुरुआतमै फेरि मूल्य बढाएको हो।