गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरले गर्यो निशुल्क खाधान्न वितरण कार्यमा सहकार्य

प्रकाशित मिति:

न्युयोर्क, अमेरिका, गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले मंगलवार, निशुल्क खाधान्न वितरण कार्यक्रम गरेको छ । न्युयोर्क शहरको क्वीन्स बोरोस्थित क्वीन्स टुगेदर संस्थाका सह संस्थापक जनाथन फरगास र क्वीन्सकै सबै भन्दा पुरानो ल्याटिनो संस्था, स्थापना भएको २५ बर्ष डोमिनो अमेरिका ले आयोजना गरेको कार्यक्रममा फाउण्डेशनले स्वयंसेवी सहकार्य गरेको हो ।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिति सदस्यहरु क्रमशस् रामचन्द्र अधिकारी, राजेश आचार्य, प्रेम क्षेत्री अधिकारी र ध्रुव कुवॅंर क्षेत्री खटिनु भएको थियो । त्यस्तै, कार्यक्रममा क्वीन्स कुरियरकी पत्रकार गेब्रीयल होल्टरमेनको को समेत उपस्थिती रहेको थियो।

सह्रानिय कार्यमा स्वयंसेवकका लागी सहकार्य गर्न अनुरोध गरेकोमा फाउण्डेशन अमेरिका च्याप्टरले क्वीन्स टुगेदर संस्थाका सह संस्थापक जनाथन फरगास, डोमिनो अमेरिकन संस्थाका कार्यकारी निर्देशक होजे तेहादा र क्वीन्स डेमोक्र्याटिक पार्टीकी नेत्री याना रोद्रीगोएज लाई धन्यवाद एंव आभार प्रकट गरेको छ ।