बोहरा हत्याका हत्यारा पक्राउ गर्न सफल सल्यानका प्रहरी निरिक्षक ओली सम्मानित

प्रकाशित मिति:

गत वर्षको फागुन २ गते हत्या भएकी त्रिवेणी गाउँपालिका १ तल्लोकाभ्रा की १६ वर्षीया कविता बोहराको हत्यारा पत्ता लगाएको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओली सम्मानित भएका छन् । कविता बोहरा हत्याकाण्डको सफल अनुसन्धान गरेको भन्दै मंगलबार घटनाको सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोविन्द थापाले ओलीलाई सम्मान गरेका हुन् । सम्मान ग्रहण गर्दै ओलीले अनुसन्धधानका क्रममा केही समय लागेपनि अपराधी प्रहरीको नजरबाट उम्कीन नसक्ने बताए । हत्याकाण्डको एकवर्षसम्म इनिस्पेक्टर ओलीको नेतृत्वमा प्रहरीले अनुसन्धान गरेको थियो । अनुसन्धानमा कविताको हत्या सोहि गाउँका १६ वर्षिय कृष्ण थापाले गरेको खुलेको छ । आरोपीत १८ वर्षमुनिको भएकोले जिल्ला अदालत सल्यानको अनुमतीमा बाल सुधार केन्द्र नेपालगंज राखिएको सल्यान प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले बताए । कवितालाई थापाले एकतर्फी प्रेम गरेको र प्रेम स्वीकार नगरेपछि हत्या गरेको आरोपीतले स्वीकारेको प्रहरी अनुसन्धानमा खुलेको छ ।