रोहिणी गाउँपालिकाले ५ सय बिद्युतिय चुल्हो वितरण गर्दै

प्रकाशित मिति:

भैरहवा । रोहिणी गाउँपालिकाले गाउँपालिकालाई धुवाँमुक्त बनाउन पहिलो चरणमा गाउँपालिकामा ५ सय वटा बिद्युतिय चुल्हो बितरण गर्ने योजना बनाएको छ । वैकल्पिक उर्जा कार्यक्रम अन्र्तगत रोहिणी गाउँपालिकाले वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको नेपाल नवीकरणीय उर्जा कार्यक्रम अन्र्तगत बिद्युतिय चुल्हो वितरण गर्ने भएको छ । सेवा प्रदायक डोलेश्वर महादेव निर्माण तथा सप्लायर्स प्रालीले चुल्हो सहित त्यसलाई आवश्यक पर्ने बिद्युतिय उपकरण र वाईरिङ समेत ४ हजार २ सय २३ रुपैयामा उपलब्ध गराउनेमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको नेपाल नवीकरणीय उर्जा कार्यक्रमले ६० प्रतिशत र रोहिणी गाउँपालिकाको ४० प्रतिशत अनुदानमा गाउँपालिका स्थानियलाई उपलब्ध गराईने रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए । “सुरुमा ५ सय घरधुरीलाई प्रदान गर्ने लक्ष्य राखेका छौ यसमा सफल भईयो भने आगामी दिनमा यसलाई अझै बिस्तार गरिने छ ।”

यादवले भने उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयद्वारा २०७५ मा जारी भएको श्वेत पत्रमा देशलाई बिद्युतमा आत्मनिर्भर बनाउन, देशभित्र खपत हुने उर्जाका अन्य श्रोतहरुलाई बिद्युतिय उर्जाले बिस्थापित गरि ब्यपार घाटा कम गर्न र सबैलाई दिगो, भरपर्दो, सर्वसुलभ स्वच्छ उर्जा गराउने लक्ष्य रहेको छ । बेलायत सरकारको आर्थिक सहयोगमा नेपाल सरकार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रद्वारा सञ्चालित नेपाल नवीकरणीय उर्जा कार्यक्रम २०७५ माघ देखी सुरु भई २०८०को असार मसान्त सम्म सञ्चालन हुने वैकल्पिक उर्जा प्रवद्र्धनका सहायक निर्देशक मुकेश घिमिरेले जानकारी दिए । कार्यक्रम अन्र्तगत छनौटमा परेका १७ वटा पालिकाहरुमा ८ हजार ३ सय ५० थान अनुदानको बिद्युतिय चुल्हो वितरण गरिने उनले बताए । रुपन्देहीमा पनि कञ्चन गाउँपालिकामा ३ सय र तिलोत्तम नगरपालिकामा ३ सय ५० वटा चुल्हो वितरण गर्ने कार्यक्रम रहेको उनले बताए । बिद्युतिय चुल्होले दाउरा अथवा अन्य ईन्धन प्रयोग घटाउने हुदा यसले दाउराकै लागी हुने बन फडानी तथा यसबाट हुने रोगहरुबाट बचाउने नेपाल नवीकरणीय उर्जा शाखा प्रमुख हरि अर्यालले बताए । रोहिणी गाउँपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरि बिद्युतिय चुल्होको प्रयोग यसका बिशेषता र सुरक्षाका उपायहरुबारे स्थानियलाई जानकारी समेत प्रदान गरेको छ । अहिले प्रयोग भई रहेको ग्यास चुल्होको तुलनामा ४० प्रतिशत कम लागत लाग्ने र त्यो भन्दा पनि कम समयमा खाना पाक्ने हुदा यसको प्रयोग बढाउनु पर्ने कार्यक्रमका वक्ताहरुको भनाई थियो ।