अस्टेलीयाको समुद्री किनारमा हास्यकलाकार दीपक र दीपा

प्रकाशित मिति:

दीपाश्री निरौला द्धारा निर्देशित चलचित्र छक्का पन्जा ३ ले नेपालमा ब्लकबस्टर कमाई गरीसकेको छ । नेपालका विभिन्न हलहरुमा अहिलेसम्म पनि चलचित्रले सफल व्यापार गरिरहेको छ । नेपालको सफल प्रदर्शनसँगै विदेशमा पनि चलचित्र छक्का पञ्जा ३ को डिमाण्ड उच्च छ । चलचित्रका लागि अहिले विश्वका विभिन्न देशहरुबाट माग आइरहेको छ । चलचित्रले अमेरिका एक महिनासम्म लगातार प्रदर्शन गरेर चलचित्र इतिहासमै नयाँ रेकर्ड राख्न सफल भएको छ ।

अमेरिकाको सफल प्रदर्शनसँगै अहिले चलचित्र अष्ट्रेलियामा पनि प्रदर्शन भैरहेको छ । अष्ट्रेलिया प्रदर्शनका लागि हास्यकलाकार तथा चलचित्रकी निर्देशक दीपाश्री निरौला, निर्माता तथा कलाकार दीपकराज गिरी, अनुराग कुँवरलगायत अष्ट्रेलिया पुगेका छन् । अष्ट्रेलियामा दीपक र दिपाको जोडी रोमान्टिक देखिएको छ । समुन्द्री किनारमा पुगेका दीपक र दीपाले रोमान्टिक हुँदै तस्बिर खिचेर फेसवुकमा अपलोड गरेका छन्  यस अघि विभिन्न देशहरुमा चलचित्र प्रदर्शन भए पनि चलचित्र युनिट देश बाहिर भने गएका थिएनन् चलचित्रको प्रदर्शनका लागि उनीहरु पहिलो पटक देश बाहिर पुगेका हुन् । चलचित्र दशैंको घटस्थापनाका दिनदेखि अल नेपाल प्रदर्शनमा आएको थियो ।