भंगेरा

प्रकाशित मिति:

नेपालमा हालसम्म ८ सय ८६ प्रजाति भन्दा बढी चराहरु पाईन्छन । ती मध्य भँगेरा एक प्रजाति हो । भँगेराहरु खैरा र फुस्रा रंङ्गका हुन्छन् (कहिलेकाही काला) जसको प्वाँखसम्म प्रस्टै देखिने सेतो हुन्छ । हाल सम्म विश्वमा ३२ प्रजातिका भँगेरा पाईएको छ । नेपालमा घर भँगेरा, रुख भँगेरा, कैलो भँगेरा, पीत कण्डे भँगेरा र स्पेनिस भँगेरा गरी पाँच प्रजातिका भँगेराहरु पाईन्छन । जव मानव ढुङ्गे युगबाट कृषि युगमा प्रवेश गर्यो त्यसबेला देखि नै भँगेरा र मानव जातिको सम्बन्ध नजिकीदै गएको हो । घर भँगेरा हाम्रो घरको खोपा, छाना, प्वाल, बतासी, मठमन्दिर, पौवा, गुम्बा आदीमा बस्न रुचाउँछन् भने रुख भँगेराले हाम्रो घरको वरीपरी रहेका रुख, झाडी, करेसाबारी र बगैचा आदीमा बस्न रुचाउँछन र त्यही गुँड बनाएर बच्चा कोरल्छन् । अन्य प्रजातिका भँगेराहरुले बाहिरै अन्यत्र स्थानमा बस्न मन पराउँछन् । चैत्र ७ गते तदनुसार २० मार्च सन् २०२१ का दिन विश्व भँगेरा संरक्षण दिवस नेपाल लगायत विश्वभर मनाईदैछ । यो दिवस सन् २०१० देखि विश्वब्यापी रुपमा मनाउन थालिएको छ भने नेपालले सन् २०१२ देखि यो दिवस मनाउन थालेको हो । नेपाल पंन्छी संरक्षण संघले हरेक बर्षहरुमा जस्तै यस बर्षको भंगेरा संरक्षण दिवस पनि विभिन्न सरकारी, गैर सरकारी सामाजिक संघसंस्था र स्थानिय साँझेदार संस्थाहरुसंग सहकार्य गरी भँगेरा पहिचान, गणना तथा विभिन्न चेतना अभिबृद्धिमूलक कार्यक्रमहरु गरी नेपालमा विश्व भँगेरा संरक्षण दिवस मनाउन लागिएको नेपाल पंन्छी संरक्षण संघका परियोजना अधिकृत श्री भूपाल नेपालीले जानकारी दिदै किसानको साथी तथा पारिस्थितिकिय प्रणालीको अभिन्न अंग भँगेरा हाल विश्वबाट घट्दै गईरहेको विकराल अवस्था, भँगेराको महत्व र संरक्षणका बारेमा आम समुदायहरुमा चेतना फैलाइ भँगेरा संरक्षण गर्ने उद्देश्यले यो भँगेरा दिवस मनाउने गरेको परियोजना अधिकृत नेपालीले जानकारी दिनु भएको छ। भँगेराको महत्व स्भँगेराले अन्नवाली ९धान, चामल, गहु, घरको जुठ्यानमा रहेका खाना आदी० खाए पनि अन्नबालीमा लाग्ने हानिकारक कीरा फट्याङ्ग्रा तथा लार्भा खाई कृषि उत्पादन बढाउन मद्दत गर्छन । यति मात्र होइन पारिस्थितिकिय प्रणालीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै कूनै आपतविपदको पूर्व जानकारी समेत दिने गर्दछन् ।

 

भँगेरा संरक्षणमा चूनौती स् यसरी मानव जातिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने पन्छी भँगेरा दिन प्रतिदिन विश्वबाट निम्न कारणले लोप हुने अवस्थामा पुगेका छन र संरक्षणमा चूनौती आएको छ ।
१, बाँसस्थान विनाश स् पुरानो र परम्परागत भँगेरा चरा मैत्री घर नहुनु र रुख विरुवा विनाश हुनु ।
२, आहाराको अभाव स् आधुनिक अन्नबाली भण्डारमा आएको परिवर्तनले उनीहरुको पहुचमा अन्न नहुनु र कृषि उत्पादनमा आएको कमी ।
३, प्रदुषण, कृषिमा अत्याधिक किटनाशक औषधी र विषादीेको प्रयोग ।
४, चेतनाको कमी स् भँगेराको महत्व नबुझ्नु र यीनीहरुलाई संरक्षण गर्नुको सट्टा मार्ने, छोप्ने र शिकार गर्ने ।
५, पछिल्लो एक अध्ययनले मोवाइल फोन र यसको टावरको –याडिसनको कारणले समेत भँगेरामा असर परेको बताइएको छ ।
भँगेरा संरक्षणका प्रयास स् नेपाल पंन्छी संरक्षण संघले विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक र स्थानिय साँझेदार संघसंस्थाहरुको सहकार्यमा सन् २०१२ देखि नेपालमा विश्व भँगेरा संरक्षण दिवस भँगेरा पहिचान, गणना, अन्तरक्रिया, छलफल, चित्रकला प्रर्दशनी, र्याली आदी विभिन्न चेतना अभिबृद्धिमूलक कार्यक्रमहरु गरी यो दिवस मनाउदै आएकोछ । तपाईको सानो सहयोगले भँगेरा संरक्षणमा ठुलो टेवा पु/\याउन सक्छ त्यसकारण आउनुहोस भँगेरा संरक्षण अभियानमा हातेमालो गरौं र लोपहुने अवस्थाबाट भँगेरालाई बचाऔ ।

(नेपाली -नेपाल पंन्छी संरक्षण संघका परियोजना अधिकृत हुनुहुन्छ )