बिद्यार्थी नेता सविन डोटेलले मनाए जन्मउत्सव संस्कृत विद्यालयमा

प्रकाशित मिति:

चापाकोट । चापाकोट क्याम्पसका स्वबियु सभापति सबिन चन्द्र डोटेलले मणि मुकुन्देस्वर संस्कृत विद्यालयमा विद्यार्थीमाझ शैक्षिक सामाग्री बितरण गर्दै जन्मदिन मनाएका छन।जन्म उत्सब मनाउन बिधालय पुगेका
बिद्यार्थी नेता डोटेलले बिद्यार्थीको सर्बोपरी हितको लागी फेरि एकपटक विद्यार्थी संगठन जाग्नु पर्ने समय आएको जिकिर गरेका थिए।

नेपाल बिद्यार्थी संघका नेता समेत रहेका डोटेलले नेपालको शिक्षा प्रणाली बुर्जुवा रहेको भन्दै बैज्ञानिक, प्राबिधिक शिक्षा र ब्यबहारिक शिक्षा नितिलाई जोड दिन राज्यको शिक्षा नीति परिमार्जन गर्नु पर्ने भनाइ राखेका थिए। संसारमा सनातन हिन्दु धर्म र बेदका ऋचाहरुबाट आधुनिक बिज्ञानको जगतको आबिष्कार भएको आध्यात्मिक धर्म संस्कृती र बेद उपनिषद्को महिमालाई बुझेर गहन अध्यन गरेर व्यबहारमा उतार्न आग्रह गर्दै संस्कृत बिधालयका बिद्यार्थीलाई शैक्षिक सफलताको शुभकामना दिए।