प्रभात आधारभुत बिद्यालय को नवनिर्मित ४ कोठे भवन शिलान्यास

प्रकाशित मिति:

रुपन्देहीको तिलोत्तमा नगरपालिका ७ स्थित प्रभात आधारभुत बिद्यालय भलवारीको नवनिर्मित ४ कोठे भवन शिलान्यास भएको छ। तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जागेस्वरी देवी चौधरीले सो बिद्यालयको बिधिबत् शिलान्यास गर्नुभएको हो। शिलान्यास कार्यक्रममा जिसस कि जमुना लम्साल ,नगर प्रबक्ता सुरेन्द्र श्री , वार्ड नम्बर ७ का सदस्य देबिलाल पंगेनी, बिद्यालयका शिक्षक, अभिभावक र बुद्धिजिबी र शुभचिन्तक, विद्यार्थी, बिद्यालय ब्यबस्थापन समिति पदाधिकारी ,सल्लाहकार समाजसेवी लगायतको सहभागीता रहेको थियो।

करिब ३७ लाखमा निर्माण हुन लागेको सो भवन गुणस्तरीय र तोकिएको समयमा बनाउनुपर्ने भन्दै प्रमुख अथिती जागेस्वोरी देवी चौधरीले सामुदायिक बिद्यालयको भौतिक संरचना र गुणस्तरीय शिक्षामा ध्यान केन्द्रित गरेको बताउनु भयो। उहाले यस क्षेत्रको शैक्षिक बिकाशमा ध्यान पुर्याउन सधै प्रतिबद्ध रहेको भनाई राख्नु भएको थियो। सो बिद्यालयको तर्फबाट हेमराज पौडेलले गतिविधिको बारेमा भनाई राख्नु भएको थियो । बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष ठाकुर प्रसाद पंगेनीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।