गुल्मी चारपाला रुपन्देहीको दोस्रो साधारण सभा सम्पन्न, पत्रकार पौडेल सम्मानित

प्रकाशित मिति:

गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको दोस्रो साधारण सभा शनिवार सम्पन्न भएको छ । सभामा प्रगती प्रतिवेदन प्रस्तुत गर्दै समाजका अध्यक्ष हुमनाथ ज्ञवालीले आगामी वर्षमा समाजको कार्यक्षेत्र विस्तार गर्ने र थप योजना सहित अघि बढ्ने बताए । उनले वर्षभरि गुल्मी चारपाला रुपन्देहीले गुल्मी र रुपन्देही दुवै जिल्लामा सेवामुलक सामाजिक काम गरेको भन्दै निरन्तर यस्ता कार्य गरिरहने जानकारी दिए । त्यस्तै, आय व्ययको प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष काजीमान टण्डनले सदस्य र सल्लाहकारहरुको संकलनबाट जममा हुने रकमले नै अहिलेसम्म कार्य गर्न सकिरहेको जिकीर गर्दै आगामी दिनमा कोष नै खडा गरेर सामाजिक अभियान चलाउने बताए ।


समाजले दोस्रो साधारण सभाको अवसरमा गत वर्ष जस्तै एकल भएर पनि सामाजिक काममा अघि सरेका २ महिलालाई सम्मान गरेको थियो । सम्मानित हुनेमा ईन्दिरा ज्ञवाली र रुपा महोतरा रहेका थिए । त्यस्तै, संचारको माध्यमबाट समाजलाई सहयोग पुर्याएको भन्दै कान्तिपुर दैनिकका रुपन्देही संवाददाता तथा मिडिया एक्सन नेपालका लुम्बिनी प्रदेश संयोजक सन्जु पौडेललाई नगदसहित सम्मान गरेको समाजका उपाध्यक्ष उषा खत्रीले बताइन् । सभामा कार्यसमितीमा रही उत्कृष्ट योगदान पुर्याए वापत कोषाध्यरष काजीमान टण्डनलाई सम्मान गरिएको थियो । कार्यक्रममा उपाध्यष्रा उषा खत्रीले स्वागत गरेकी थिइन् भने कार्यक्रमको संचालन सचिव विकास टण्डनले गरेका थिए ।