पृथ्वीको आयन मण्डल नै अशान्त तुल्याउने बेरुतको त्यो विस्फोट

प्रकाशित मिति:

सन् २०२० अगस्ट पहिलो साता लेबनानको बेरुत बन्दरगाहनजिकका बासिन्दाले डरलाग्दो दृश्य देखे । यो दृश्य विस्फोटको थियो, जुन आणविक नभई मानवनिर्मित थियो । विस्फोटले सहरको एक भागलाई ध्वस्त बनायो र सयौँको मृत्यु भयो, हजारौँ घाइते भए । घटनामा परी लाखौँ मानिस घरबारविहीन भए । विस्फोटबाट उत्पन्न तरंग ट्युनिसिया र जर्मनीसम्म महसुस भएको थियो । र, करिब पाँच सय किलोमिटर टाढा रहेका भूकम्प मापन स्टेसनहरूले यसको कम्पन रेकर्ड गरेका थिए । अनि वायुमण्डलको उच्च तहसम्म यसले तरंग पैदा गरायो । यो यस्तो विष्फोट हो, जसले भविष्यमा आणविक हतियार परीक्षण गरिरहेका मुलुकहरूमाथि नजर राख्न अन्तर्राष्ट्रिय समुदायलाई बाध्य बनाएको छ ।

भारतको नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजी र जापानको होक्काइडो विश्वविद्यालयका अनुसन्धानकर्ताले पृथ्वीको आयन मण्डलमा विद्युतीय तरंग मापन गरे । र, त्यसबाट नतिजा निस्कियो– यो विस्फोटनलाई धेरै ज्वालामुखी विस्फोटको प्रभावसँग तुलना गर्न सकिन्छ । हामीले विस्फोटबाट एउटा तरंग उत्पन्न भएको पत्ता लगायौँ, जो आयन मण्डलको दक्षिण दिशामा शून्य दशमलव आठ किलोमिटर प्रतिसेकेन्डको वेगमा थियो,’ होक्काइडो विश्वविद्यालयका भू तथा ग्रह वैज्ञानिक कोसुके हेकीले भने । विस्फोटको तरंग आकाशमा ५० किलोमिटर क्षेत्रसम्म पुगेको थियो । र, अन्तरिक्षमा सयौँ किलोमिटर टाढासम्म फैलिएको थियो । सौर्य विकिरणबाट उत्सर्जन हुने ग्यासका अणुहरूबाट निस्कने फ्री–रोमी इलेक्ट्रोनको उच्च संख्याले आयन मण्डलको चित्रण गर्छ ।

टोलीले विस्फोटको दिन ग्लोबल नेभिगेसन सेटेलाइट सिस्टम जीएनएसएस द्वारा पठाइएको माइक्रोवेभ प्रसारणभित्रको अवस्थामा इलेक्ट्रोन वितरणमा भएको परिवर्तन गणना ग¥यो । त्यसबाट ग्यासमार्फत ध्वनि तरंगहरूको उपस्थितिलाई संकेत प्राप्त भएको थियो ।सन् १९९० को दशकमा उपग्रह नेटवर्कको आगमनपछि वैज्ञानिकहरूले यस्तै प्रयोग गरेका थिए । ज्वालामुखी विस्फोट र परमाणु परीक्षण क्रममा यसरी नै तरंगहरू मापन गरिन्छ । बेरुत विस्फोट राति भएको थियो । ‘इक्वेटोरियल प्लाज्मा बबल’ भनिने आयन मण्डलको अनियमितताले संकेतलार्ई पूरै नष्ट पार्न सक्थ्यो । संयोगवस, त्यतिबेला यी बबलको कुनै संकेत थिएन, जसले वैज्ञानिकलाई विस्फोटको आवाजको गतिमा माथिल्लो वायुमण्डलमा उठेको तरंगको तुलनात्मक अध्ययनलाई सहज बनाओस् । अनुसन्धानकर्ताले बेरुत विस्फोटबाट आयन मण्डलमा परेको असरलाई जापानमा भएका ज्वालामुखी विस्फोटनसँग तुलना गरे । सन् २००४ मा जापानको आसामामा भएको ज्वालामुखी विस्फोटनभन्दा बेरुतमा घातक रहेको निष्कर्षमा उनीहरू पुगे ।

दशकौँअघि अमेरिकाको योमिङ खानीमा भएको विस्फोटनको तुलनामा बेरुत विस्फोट १।५ किलोटन कमजोर थियो । तथापि, पृथ्वीको सतहमा भएको यो विस्फोट आकाशसम्मै फैलिएको थियो र यसबाट उत्सर्जित ऊर्जाको विर्सजनलाई तथ्यांकमा मापन गर्न सकिएको थियो । हामीलाई जानकारी छ– यसले १।१ किलोटनबराबरको विस्फोटक पदार्थ टीएनटी उत्पादन गर्न २७ सय टन एमोनियम नाइट्रेट प्रयोग गरेको थियो, जसलाई सानो बलजत्रो आणविक बममा हालिएको थियो । एमोनियम नाइट्रेड मलखाद हो, जसलाई विस्फोटक पदार्थको रूपमा पनि प्रयोग गरिन्छ ।इरान र उत्तर कोरियाजस्ता देशका लागि आणविक हातहतियारतर्फ अघि बढ्ने क्षमता अझै पनि दीर्घकालीन विश्वव्यापी शान्तिका लागि चिन्ताको विषय हो । त्यसैले परीक्षण कार्यक्रममाथि राखिएको निगरानी सही उद्देश्यबाट प्रेरित छ भन्ने बेरुत विष्फोटबाट पनि पुष्टि हुन्छ ।कोरोना भाइरस प्रसार रोक्न गरिएको लकडाउन र त्यसबाट उत्पन्न आर्थिक संकटबीच यो विष्फोट बेरुतका बासिन्दामाथि गरिएको ठूलो घात थियो । ६ वर्षदेखि गोदाममा असुरक्षित रूपमा भण्डारण गरिएको एमोनियम नाइट्रेट एकाएक विष्फोट भएको थियो । साइन्स अलर्ट डट कमबाट