कोरोना विरुद्ध अस्ट्राजेनिका खोप सुरक्षित रहेको भन्दै लगाउन आग्रह

प्रकाशित मिति:

विश्व स्वास्थ्य संगठन  ले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप सुरक्षित रहेको भन्दै सबैलाई लगाउन आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनका विज्ञहरु सम्मिलित समूहले अनुसन्धान गर्दा कुनै स्वास्थ्य सम्बन्धी खराबी नदेखिएकाले खोप सुरक्षित भन्दै खोप लगाउन विश्वका देशहरुलाई खोप लगाउन भनेको हो । कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोपमा आवश्यक स्वास्थ्यसम्बन्धी अनुसन्धान गरेको तर त्यस्तो कुनै पनि खराबी भने नदेखिएको उसले जनाएको छ । यो खोप लगाएका व्यक्तिमा रगत जम्ने समस्या देखिएको भन्दै विश्वव्यापी रुपमा प्रचार गरिएको थियो । जसका कारण विश्वका कतिपय देशले त यो खोपमाथि प्रतिबन्ध समेत लगाएका थिए ।