सुनिस्यो न रानीको भनाई छ , कृत्रिम माया लाउनलाई मनाइ छ ।।

प्रकाशित मिति:

भवानी अधिकारी, स्याङजा ,

सुनिस्यो न रानीको भनाई छ , कृत्रिम माया लाउनलाई मनाइ छ ।।
आइस्यो राजा आइस्यो, आइस्यो राजा आइस्यो,
मायालु मनवाट, अर्गानिक तनवाट, चोखो माया लाइस्यो ।।
गीतका सुमधुर लयबाट सुरु भएको ‘अर्गानिक माया’ बोलको गिती भिडियो सार्वजनिक भएको छ । चर्चित सर्जक एवं लोकप्रिय गायक शिव हमालको युट्युव च्यानल मार्फत शुक्रवार साँझदेखि सार्वजनिक गरिएको हो ।
चर्चित गायिका मेलिना राइ र गायक सन्तोष आर.डी.को स्वर रहेको उक्त भिडियोमा करिश्मा ढकाल र सन्दिप बीसीले अभिनय गर्नुभएको छ । संचारकर्मी बिक्रम संबतको शब्द तथा लय रहेको सो गिती भिडियो पुतलीबजार नगरपालिका ४ कुनौटे डाडाँ वरपर छायांकन गरिएको हो ।

मायाप्रेममा आधारित गिती भिडियोको छायांकन तथा निर्देशन प्रमोद गुरुङले र नृत्य निर्देशन कमल गुरुङले गर्नुभएको छ ।
स्याङजाका कलाकारको प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले तयार पारिएको अर्गानिक मायामा स्थानीय मौलिकपनलाई समेटिएर बनाइएको छ । फरक शैली र मधुर स्वरमा सिर्जित गीतले छोटो समयमै दर्शक तथा स्रोताको मन जित्न सफल बनेको छ । सर्जक विक्रम संवतले भन्नुभयोे ‘ भिडियोमा अर्गानिक माया दर्शाउन कोशिष गरेका छौं, कस्तो बनेको छ, स्रोताको प्रतिक्रिया र सुझावको पर्खाईमा छौं।’

स्याङजा जिल्ला मलाङकोट गाविसमा जन्मीएका शिव हमाललाई लोक दोहोरी क्षेत्रमा धेरै कलाकारले सम्मान गर्ने र सबैले सहजै चिन्न सक्ने नाम भित्र पर्दछ । करि एक हजार ५ सय गीत सिर्जना गरिसकेका हमालका दर्जनौं हिट गीत छन । आज लोक दोहोरी क्षेत्रमा नाम कमाएका केहि कलाकारहरुलाई कलाकार बनाउनमा उनको धेरै ठुलो योगदान रहेको छ