परिचयात्मक तथा देउसी भैलो कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

नेपाल प्रेस युनियन रुपन्देहीको आयोजना तथा नेपाली कांग्रेस देवदह नगरसमितिको समन्वयमा परिचयात्मक तथा मौलिक देउसी भैलो कार्यक्रम रुपन्देहीको देवदहमा सम्पन्न भएको छ। सो अवसरमा बोल्ने वक्ताहरुले चाडपर्व र संस्कृति बिकृतितर्फ उन्मुख हुदै गएको अवस्थामा संस्कृतिको जगेर्ना गर्दै नेपाल प्रेस युनियनले आयोजना गरेको देउसी भैलो कार्यक्रम संस्कृतिमुखी भएको बताएका थिए । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापति एंव् देवदह नगरप्रमुख हिराबहादुर खत्रीले नेपाली कांगे्रसको स्वेच्छिक संस्था नेपाल प्रेस युनियन भएकाले यसलाई मजबुत बनाउन आवश्यक रहेको बताए । उनले प्रेस युनियनमा आबद्ध रहेका पत्रकारहरुको क्षमता अभिबृद्धि गर्दै समाजमा भए गरेका सबै क्रियाकलापमा कडा निगरानी राख्दै खबरदारी गर्न पत्रकारहरुलाई आग्रह गरे ।