अध्यन र किताबमा मात्रै नभई बिद्यार्थीहरुलाई विभिन्न भाषाहरु सिकाउदै सामुदायक विद्यालय नवीन औधोगिक कदर बहादुर रिता माध्यमिक बिद्यालय

प्रकाशित मिति:

मधुसूदन नेपाल , बुटवल देविनगर – बुटवलको देविनगर स्थिति सामुदायक विद्यालय नवीन औधोगिक कदर बहादुर रिता माध्यमिक बिद्यालयमा विद्यार्थीहरुलाइ किताबी ज्ञान मात्रै नभई बाहिरी कुराहरू सँगसँगै अन्य देश विदेशहरुको भाषा सिकाउदै ।

बिद्यालयको कक्षा चारका सम्पूर्ण विध्यार्थीहरु भाषा सम्बन्धि अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार (ISA) योजना सम्बन्धित रहि काम गरिरहेका छन् | उनीहरुले विषेश गरि पाकिस्तान को उर्दु भाषा अन्लाईनको प्रयोग गरि पाकिस्तानको विद्यालयबाट सिकिरहेका छन्। तेसै गरि नेपाली भाषा पनि पाकिस्तानक विद्यार्थीहरुलाई सिकाई रकेका छन् |

विद्यार्थीहरुलाइ सुरुवात देखिनै सिकाउने पर्ने भएकोले, उनीहरुलाई सरल वाक्य र शब्दहरु सिकाइको पाहिन्छ । जसमा विषेश गरि नमस्कार ,शुभ बिहानी , शुभरात्री,जानू भयो र आउनु भयो लगाएत विभिन्न यस्तै भाषाहरु जसमध्ये रंगहरुको नाम तरकारी र फलफूलहरुको नाम दुबै देशको विद्यार्थीहरुले एक आपसमा सिक्ने र सिकाई रहेका छन। शिक्षक आशिष लामिछाने बताउन छन ।

Government higher secondary school- Tamana Pakistan , Government higher secondary school- Madina Colony Burewala , Government girls high school – Okara विभिन्न स्कुलहरु सँग लक्डाउनको समय देखि अहिलेसम्म निरन्तर zoom बाट सिक्ने र सिकाउने काम भैरहेको छ |

ISA संयोजक आशिस लामिछाने र योजना शिक्षक कुशल पाठक लगाएत ISA/ICT संयोजक तिर्थ राज घिमिरे द्वारा यस कार्यक्रमलाई संचालन गर्नु भएको छ ।