कर सप्ताहको अवसरमा आन्तरीक राजश्व कार्यालय र बुटवल उद्योग वाणिज्य संघको आयोजनामा करदाता शिक्षा तथा अन्तरक्रिया सम्पन्न

प्रकाशित मिति:

सातौ राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा आन्तरीक राजश्व कार्यालय र बुटवल उद्योग वाणिज्य संघको आयोजनामा आज बुटवलमा करदाता शिक्षा तथा अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रमका सहभागि व्यवसायीहरुले करको दरलाई भन्दा दायरा बढाएर स्वेच्छाले कर तिर्ने वातावरण बनाउन आग्रह गरेका छन । उनीहरुले मुलुक संघियतामा गएपछी कर तिर्ने निकाय र अन्यौलता बढेको समेत गुनासो गरे । कार्यक्रममा बोल्दै आन्तरीक राजश्व कार्यालय बुटवलका प्रमुख अर्जुन ढकालले नेपालको कर प्रशासन करदाता मैत्री बन्दै गएको बताउनु भयो । उहाले मुलुकको सुरक्षा र बिकासका लागि नै राज्यले कर संकलन गर्ने बताउदै करको सहि ठाउमा उपयोग होस भन्ने चाहना सबैको रहेको बताउनु भयो । उहाले बुटवल कार्यालयबाट व्यवसायीलाई झण्झट नदिई सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाउनु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुरेन्द्र प्रसाद श्रेष्ठले मुलुक खुल्ला अर्थतन्त्रमा प्रवेश गरेपछी नीजी क्षेत्रको लगानी बढेपनि पुर्ण लगानी र व्यवसायीक वातावरण नबन्दा मुलुकले फटको मार्न नसकेको बताउनु भयो ।
संघका अध्यक्ष खिम बहादुर हमालको सभापतित्व, सचिव कमल पौडेलको सञ्चालन र बरिष्ट उपाध्यक्ष उज्ज्वल कसजूको धन्यवादमा भएको कार्यक्रममा रुपन्देही उद्योग संघका प्रथम उपाध्यक्ष माधव पौडेल, संघका पुर्व उपाध्यक्ष जयप्रकाश गुप्ता, सदस्य शुक्र बस्याल, सुरज भट्टराई, व्यवसायीहरु टिकाराम बञ्जाडे, लोकनाथ पाण्डे, बिष्णु जिसी, कृष्ण प्रसाद भण्डारी लगायतले बोल्नु भएको थियो ।