सहपाठी र शिक्षकले गरे आगालागि पिडित साथीको परिवारलाई सहयोग

प्रकाशित मिति:

मोहम्मद हबिब-भैरहवा, अगालागि पिडित विद्यार्थीलाई शिक्षक, कर्मचारी र विद्यार्थीहरुले सहयोग गरेका छन ।
रुपन्देही लिालराम न्यौपाने माविमा अध्ययनरत कक्षा ११ का लक्ष्मी मुखियाको घरमा आगालागि भई घर सहित सबै बस्तु नष्ट हुदा विद्यार्थीहरुले स्वतस्फुर्त रुपमा रकम संकलन गरी सहयोग गरेका हुन ।घरमा कोही नभएको बेला विधुत सर्ट भई सोमबार आगालागी भएको थियो । आगालागि पश्चात स्कुलमा साप्ताहिक विदा माग्न पुगेका मुखियाले साथीहरुलाई समस्या जानकारी गराएपछि साथीहरुले स्वतस्फुर्त रुपमा रकम संकलन गरेका थिए । साथी समस्यामा परेर विद्यार्थीहरुले रकम संकलन गरेको जानकारी विद्यालय प्रशासनलाई आएसँगै शिक्षक र कर्मचारी पनि संकलन कार्यमा सहभागी हुनु पर्छ भनेर उनीहरुलार्र्र्र्र्र्र्र्र्र्र्र्ई साथ दिएका थिए ।

करिब ८ सय ५० जना अध्ययनरत विहानी समूहका विद्यार्थीहरुबाट २८ हजार ८ सय ६९ रुपैया र कार्यरत शिक्षक र कर्मचारीबाट १८ हजार ९ सय ३० रुपैया गरी कुल ४७ हजार ७ सय ९९ रुपैया रकम संकलन भई सहयोग भएको छ । संकलित रकम पिडित मुखिया र परिवारलाई विद्यालयका प्राचार्य गणेश भट्टराईले हस्तान्तरण गरेका हुन । समस्याको बेला सानो पनि सहयोग होस भन्ने अभिप्रायले स्वतस्फुर्त आ–आफनो इच्छा अनुसार सबैले रकम संकलन गरेका थिए । रकम हस्तान्तरण गर्दै प्राचार्यले समस्या जो कोहीलाई जति बेला पनि पर्न सक्छ, एक अर्काको सहयोग सबै जुट्नु पर्ने बताए । विद्यार्थीहरुको अगुवाईमा भएको रकम संकलन गर्ने कार्य सराहनिय र उदाहरणीय भएको छ । विद्यालयको कुनै पनि सदस्य समस्यामा पर्दा हामी छौ भन्ने उदाहरण यो कार्यबाट पेश भएको छ प्राचार्य भट्टराईले भने । सहयोग रकम लिदै अभिभावक मुखियाले उक्त रकम पहिला छोरा छोरीको शैक्षिक सामाग्री किताब कपी डे«स लगायतमा खर्च गर्ने बताए । म रिक्सा चलाएपनि मेरो प्राथमिकता छोरा छोरीको शिक्षा नै हो त्यसैले पहिला त्यो पुरा गरेर मात्र अन्य काम गर्ने बताए ।

सोमबार विहान मुखियाका बुवा जोगेन्द्र मुखिया रिक्सा चलाउन गए, उनी पढ्न विद्यालय आए पछि घरमा विधुत सर्ट भई आगालगि भएको थियो । घरमा कोही नभएको बेला आगालगि भएर घर भित्र रहेको सबै बस्तु जलेर नष्ट भयो, टिनको छाना रहेको उक्त घर पनि नष्ट भएको छ । अहिले जसो तसो बाहिर सुत्ने गरेका छौ अभिभावक मुखियाले भने ।
सिद्धार्थनगर वडा नम्बर १३ मा बस्दै आएका मुखियाको ५ जनाको परिवार छ, सोमबार आगोलागेर सबै नष्ट भएपनि अहिले सम्म कसैले सहयोग गरेको छैन, स्थानीय सरकारलाई अवगत गराएपनि कुनै सहयोग आएको छैैैैैैैैैैैैैन । बच्चाहरुको सबै कपडा, ल्यापटप, किताब कापी जलेर गयो टिनले छाएको घर पनि सबै पूर्ण रुपले नष्ट भएको छ फेरी बनाउनु पर्छ ५ लाख बढिको सामान जलेर गयो मुखियाले भने ।