नेपाल जनता पार्टीको तेस्रो राष्ट्रिय महाधिवेशन भैरहवामा सम्पन्न

प्रकाशित मिति:

नेपाल जनता पार्टीको तेस्रो राष्ट्रिय महाधिवेशन भैरहवामा सम्पन्न भएको छ । “एकात्मक मनववाद र सांस्कृतिक राष्ट्रवाद पार्टीको मुल दर्शन हो” भन्ने नाराका साथ पार्टीको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको हो ।
महाधिवेशनले त्रिभुवन नाथ पाठकको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ । जसको सदस्यहरुमा दिपेन्द्र कुमार चौधरी, राजेन्द्र प्रसाद कुर्मी, हिरा देवी नेपाल, कृष्ण प्रसाद लुइटेल, सुवाष आचार्य, कमलेश कुर्मी, दिपेन्द्र घिमिरे, चन्द्रभान कोइरी, विनोद कुमार चौरसिया, दुर्गा प्रसाद यादव, ओम प्रकाश जयसवाल, साहेब साह कानु, राम कुमार काफ्ले, पुनित कुमार पाठक, राम कुमार यादव र राम बहादुर यादव रहेको निर्वाचन समिति सदस्य लक्ष्मण प्रसाद गुप्ताले बताए । महाधिवेशनले १५ सदस्यीय केन्द्रीत कार्यसमिति निर्वाचित गरेको र थप अन्य सदस्यहरु बैठकबाट मनोनित गरी ३१ सदस्य बनाइने पार्टीले जनाएको छ ।