गुल्मीकै धरोहर हिमालय आधारभुत विद्यालयको वार्षिकोत्सव सम्पन्न

प्रकाशित मिति:

गुल्मी – श्री हिमालय आधारभूत विद्यालयको ६२ अौ वार्षिक उत्सव विविध कार्यक्रमका साथ सम्पन्न भयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री केशवराज कुवरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा धुर्कोट गाउँपालिका अध्यक्ष श्री भुपाल पोखरलको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा गाउँपालिका उपप्रमुख  शिव बहादुर खत्री, वार्ड नं. ५ का वार्ड अध्यक्ष ढुण्डिराज भण्डारीको विशेष आतिथ्यता रहेको थियो ।नेपाल शिक्षक महासंघ लुम्बिनी प्रदेश अध्यक्ष प्रेमनारायण भण्डारी, नेपाली कांग्रेस महासमिति सदस्य श्री महेन्द्र भण्डारी, ने.क.पा. एमाले जिल्ला नेता श्री नरेश कुमार भण्डारी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि अतिथी रहनुभएको उक्त कार्यक्रमको सञ्चालन शिक्षक  नारायण प्रसाद पाण्डेले गर्नुभएको थियो। शिक्षिका रेखा भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सीता कुमारी खरेलले विद्यालयको वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो । उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि भुुपाल पोखरेलले विद्यालयको उन्नति र प्रगतिको लागि गाउँपालिकाबाट पहल गर्ने जानकारी गराउनुभयो । नेपाल शिक्षक महासंघ लुम्बिनी प्रदेश अध्यक्ष प्रेमनारायण भण्डारी, नेपाली कांग्रेस महासमिति सदस्य महेन्द्र भण्डारी, ने.क.पा. एमाले जिल्ला नेता नरेश कुमार भण्डारी, गाउँपालिका उपप्रमुख शिव बहादुर खत्री, वार्ड नं. ५ का वार्ड अध्यक्ष ढुण्डिराज भण्डारी लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो।उक्त कार्यक्रममा विद्यालयले पुर्व शिक्षक, पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु, शिक्षक अभिभावक संघका अध्यक्षहरु, चन्दादाता,विद्यालयलाई आर्थिक वा जिन्सी प्रदान गर्ने संघसंस्थाहरुलाई सम्मान गरेको थियो । उक्त कार्यक्रममा निवृत्त शिक्षकहरु तुल्सिराम भण्डारी र शेषनारायण भण्डारीलाई विदाई गरिएको थियो भने यसै विद्यालयका पुर्व विद्यार्थी जिल्ला नेता  नरेश कुमार भण्डारीले पुर्व शिक्षक डिलाराम भण्डारीलाई दोसल्ला ओडाई सम्मान गर्नुभएको थियो । वि.सं. १९८१ देखि संस्कृत भाषा पाठशाला, २०१५ चैत्र १५ देखि मिडिल स्कूलको स्वीकृत प्राप्त यश विद्यालयमा २०१८ सालदेखि मा.वि तह सञ्चालन भएको थियो । कालिकास्थानमा जग्गा किनेर २०२८ असोज १ मा मा वि तह उक्त ठाउँमा स्थानान्तरण भएपछि यस विद्यालयमा प्रा वि तह सञ्चालन हुँदै आएको थियो । २०७७ असार २ गते यसै स्थानमा रहेको कालिका बोर्डिङ स्कुल समायोजन प्रक्रियामा रहेको यश विद्यालयमा पुर्ण अंग्रेजी माध्यममा कक्षा ६ सम्म पठन पाठन हुँदै आएको छ । विभिन्न शिक्षाप्रेमी समाजसेवीहरुको पहलमा यसै वर्ष विद्यार्थीहरुलाई निशुल्क टाई बेल्ट र छालाका जुत्ता वितरण गरिएको थियो ।