सुनचाँदीको भाउमा सामान्य गिरावट

प्रकाशित मिति:

सुनको भाउ मंगलबार ओरालो लागेको छ। चैत १७ गते सुन तोलामा ५०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन ८६ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ८५ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबार दिन भने सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ८६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो। मंगलबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट भएको छ। यस दिन चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २१५ रुपैयाँमा किनबेच हुँदैछ। सोमबार पनि चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ तोकिएको थियो।