प्रविधि मैत्री नगर बनाउन गलकोटमा अभिमुखीकरण तालिम

प्रकाशित मिति:

कौरव खत्री, बागलुङ १७ चैत्र- गल्कोट नगरपालिकामा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण तथा अनलाइन र गुनासो सुनुवाइ व्यवस्थापन सम्वन्धी अभिमुखिकरण तालिमको उद्घाटन गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण सेवा इकाइ केन्द्र गलकोट नगरपालिकाको आयोजनामा सञ्चालन भएको तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले गल्कोट नगरपालिकालाई अब छिटो भन्दा छिटो प्रविधिमैत्री नगर बनाउने जानकारी गराउनु भयो ।

साथै नगरप्रमुख गैरेले महत्वपूर्ण काम व्यक्तिगत घटना दर्ता डिजिटल र अनलाईन माध्यममा गइसकेको अवस्थामा यस प्रकारको सेवाबाट सम्पूर्ण नागरिकहरुले सेवा लिएर नगरपालिकालाई प्रविधिमैत्री बनाउन सहयोग गर्नु पर्ने बताउनु भयो ।साथै गैरेले भन्नुभयो,शुसासन रहित समाज निर्माण गर्नका लागि प्राविधि र अनलाईन माध्यम अत्यन्तै महत्वपूर्ण हुने भन्दै गलकोट नगरबाट प्रवाह हुने सम्पूर्ण सेवा सुविधाहरु कतिपय अनलाईन प्रणाली मै भइसकेको र हुन नसकेका सम्पूर्ण सेवा प्रवाहहरुलाई अब छिटै नै डिजिटल र अनलाईन माध्यममा ल्याइ गलकोट नगरपालिकालाई प्रविधि मैत्री नगर बनाउने समेत बताउनु भयो ।

मंगलबार अर्थात आज देखि आउदो शुक्रवार ४ दिन सम्म सञ्चालन हुने तालिममा गलकोट नगरपालिकाका भित्रका सम्पूर्ण वडाका सचिव तथा प्राविधिक कर्मचारी हरुको सहभागीता रहेको छ ।तालिममा गल्कोट नगरपालिका पञ्जिकरण सेवा इकाइ केन्द्रका टिकाराम गौतम गलकोट नगरपालिकाका प्राविधिक इन्जिनियर अर्जुन चालिसेले व्यत्तिगत घटना दर्ता र गुनासो सुनुवाइ समन्धी अनलाईन दर्ताका बारेमा जानकारी गराउदै दर्ता प्रक्रियाको बारेमा तालिमको सहजीकरण गर्नु भएको थियो ।कार्यक्रम गल्कोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्माको अध्यक्षता र पञ्जिकरण इकाइ सेवा केन्द्र गलकोट नगरपालिकाका सुदिप शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।