एनआरएनएन पेंसेल्भेनिया च्याप्टरको उपाध्यक्ष पदमा जयन्द्र लामाको उमेद्वारी

प्रकाशित मिति:

एनआरएनएन पेंसेल्भेनिया च्याप्टरको उपाध्यक्ष पदमा जयन्द्र लामाको उमेरद्वारी घोषणा गरेका छन । उनले स्थानिय तामाङ सोसाइटी अफ पेन्सलभेनिया ,पेन्सलभेनिया नेपाली गुठी,मोन्टगोमेरी काउन्टी नेप्लिज लायन्स क्लब लाइन्स साथै अन्य सामाजिक संघ संस्थाहरूमा प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्न भएको उल्लेख गरेका छन् । साथै उनले नेपाली समुदयको तर्फबाट प्रजातान्त्रिक प्रकियाबाट चुनावि प्रकियामा सहयोग र समर्थनको अपेक्षा गरेका छन् ।

उनको अपिल जस्ताको तस्तै पूर्ण पाठ : हार्दिक अपील- आदर्णीय दाजुभाइ तथा दिदी बहिनीहरु र समस्त मित्रजनहरुमा मेरो नमस्कार । सर्वप्रथम त अहिलेको कोरोना भाईरसको कारणले गर्दा आक्रान्तित यस विश्व माहमारीको बिसम परिस्थितीमा सुरक्षाको बैज्ञानीक कवजको प्रायोग गर्दै स्वस्थ बातावरणमा उच्च मनोबलका साथ आफ्नो दैनिकीलाई अघी बढाउनु हुनको निमित्व बिनम्र अनुरोध गर्दछु । हामीले आहिलेको यो सर्व श्रेष्ठ मानव जीवन पाएका छौं यो सबै हाम्रो आफ्नै कर्मको फल हो र यो जीवनलाई सार्थक पार्न आफ्नो समाजमा अनुकरणिय कर्म गरेर सकेसम्म बिशेष योग्दान दिने मेरो महान संकल्प छ । यसै अनुरुप मैले मेरो विद्यार्थी जीवनमा आफ्नो टोल समाजको बाटो तथा खानेपानी ब्यबस्थापन तथा सुधार कार्यमा आफुलाई समाहित गराउन पाउँदा धेरै खुशी लागेको सम्झना छ ।

समयले हामीलाई कहाँबाट कहाँ पुर्याउंछ त्यो कसैलाई थाहा छैन । तर पनि यस् विश्वको जुन सुकै कुनामा कुनै परिस्थितीले पुगेता पनि आफ्नो समाज प्रतिको दायित्व निर्बह गर्ने सुबर्ण मौकाहरुको अवसर पाउँदा जीवनको अमृतमय रसहरु पिएझै लाग्दो रहेछ । अमेरिका बसाईको सुरुवात सङ्गै आफ्नो व्यक्तिगत तथा यहाँको स्थानिय तामाङ सोसाइटी अफ पेन्सलभेनिया ,पेन्सलभेनिया नेपाली गुठी, Montgomery County Nepalese Lions Club साथै अन्य सामाजिक संघ संस्थाहरूमा प्रत्यक्ष तथा अप्रत्यक्ष आवद्द भएर सहयोगको आवश्यकताको दुखद घडीमा अमेरिका निवासी नेपाली समुदाय र नेपालकै नेपाली समुदायमा कुनै सिमा बिना समाज कल्याणकारी योजना तथा परियोजनाहरु निर्माण गर्ने र त्यसलाई सफल रुपमा समापन कार्य सम्पादन गर्दै अघि बढिरहेको सहर्स जानकारी गराउन चाहन्छु । तसर्थ आफ्नो समाजमा अझै सहयोगको सन्जाल फैलाउने क्रममा गैर आवासिय नेपाली संघ (Non-Resident Nepalese Association , NCC –USA, Pennsylvania Chapter) मा उपाध्यक्ष पदमा उमेरद्वारी दिएर एक बिशेष लक्ष्य कार्य योजना र प्रतिबद्दता लिएर पाइला बढाउने जमर्को गरेको छु । मेरो पाइलालाई अगाडी बड्न दिनको निमित्त यस पेन्सलभेनिया राज्य निवासी सम्पूर्ण नेपाली समुदयको तर्फबाट प्रजातान्त्रिक प्रकियाबाट चुनावी प्रकियमा सहयोग र समर्थनको अपेक्षाका साथ हार्दिक अपील गर्दछु ।
धन्यबाद ।

जयन्द्र लामा
+1 484 860 8240
[email protected]