विश्वका एकसय उत्प्रेरणादायी महीलाको सुचीमा नेपालकी उमादेवि

प्रकाशित मिति:

काठमाडौं बीबीसीले सार्वजनिक गरेको विश्वका एक सय उत्प्रेरणादायी महिलाहरुको सूचीमा नेपालकी उमादेवी वादी समावेश भएकी छन्। एक सय जनाको सूचीमा ७ नम्बर प्रदेश सभाकी सदस्य समेत रहेकी वादी १० औं नम्बरमा छन्। उनी नेपाली कांग्रेसबाट समानुपातिक सासंद हुन्।
सोमबार बीबीसीले सन् २०१८ मा उत्प्रेरणादयी र प्रभावशाली भूमिका खेलेका विश्वका महिलाहरुको सूची सार्वजनिक गरेको हो। वादी समुदायको उत्थानको लागि उनले काम गरेकी थिइन्। अछुत भनिएको वादी समुदायबारेको मानसिकता परिवर्तन गर्न काम गरेको भनेर बीबीसीले उनको बारे लेखेको छ। बीबीसीले महिला नेतृ सामाजिक अभियान्ता अभिनेत्रीहरुबाट प्रभावशाली १ सय जना छनौट गरेको जनाएको छ।

छनोटमा १५ देखि १५ देखि ९४ वर्षसम्मका लाई समावेश गरिएको छ। सूचीमा ६० देशका महिला रहेका छन्। सूचीको पहिलो नम्बरमा नाइजेरियाकी आविसोयी आजयीआकिफोलारिन रहेकी छन्। ३३ वर्षिय आविसोयी सामाजिक अभियान्ता हुन्। बीबीसीले हरेक वर्ष १ सय जना उत्प्रेरणादायी र प्रभावशाली महिलाहरुको सूची सार्वजनिक गर्ने गर्छ।