बुटवलको सब्जी मण्डीलाई डिजिटल बजार घोषणा

प्रकाशित मिति:

बुटवल, १८ चैत । बुटवलको लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघ तथा कृषिउपजथोक बजार (मण्डी) लाई डिजीटल बजार घोषणा गरिएको छ । प्रभु बैंक लिमीटेड र फोनपे पेमेन्ट सर्विसको सहकार्यमा बुटवलको फलफुल तथा तरकारी मण्डीलाई डिजीट बजार घोषणा गरिएको हो ।

बुधबार नेपाल राष्ट्र बैंक भैरहवा शाखाका मुख्य प्रबन्धक सुदिप फुयालले सम्पुर्ण व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गर्नु भयो । साथै लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष बाबुराम भुषाल र कृषि उपज थोक बजार (मण्डी)का अध्यक्ष घनश्याम भुषालले यसले कारोवारलाई अझ सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको सञ्चालन प्रभु बैंक लिमीटेड लुम्बिनी प्रदेश प्रमुख सुभाष कुवंरले गर्नु भएको थियो ।