आर्थिक सहयोग गर्दै वडाअध्यक्ष अधिकारीले मनाए जन्मदिन

प्रकाशित मिति:

स्याङ्जा- भीरकोट जेसिज द्वारा आयोजित शुभ जन्म उत्साब कार्यक्रममा भीरकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष एवं भीरकाेट जेसीज स्थापनाकर्ता जेसि यम प्रसाद अधिकारी (लक्ष्मण) ले सवारी दुर्घटनामा परी उपचाररत रहेका युवालाई एक कार्यक्रमका बिच आर्थक सहयोग गरेका छ्न ।

अधिकारीले भीरकाेट जेसीजले सुरू गरेकाे आर्थिक संकलन अभियान अन्तरगत रु ११,५००/- (अक्षरूपि एघार हजार पाच सय रूपया ) भीरकाेट जेसीजकाे अध्यक्ष जेसी प्रशुन सिन्जाली मगरलाई हस्तान्तरण गरेका हुन । कार्यक्रममा बोल्दै अधिकारीले जन्मदिनमा पार्टी,भोज अन्य क्षेत्रमा फजुल खर्च नगरेर सामाजिक क्षेत्रमा खर्च गर्दा उत्तम हुने बताए । उनले भने ” धर्म गर्न कुनै मठ मन्दिरमा जानू पर्दैन कुनै सामाजिक क्षेत्रमा काम गरे त्यसैलाई नै मैले धर्म ठान्दछु ” भिरकोट जेसिजले दुर्घटनामा परी उपचाररत भैरहेका सबिन श्रेष्ठको थप उपचारका लागी आर्थिक संकलन अभियान चलाइरहेको भिरकोट जेसिज वर्ष २०२१ का अध्यक्ष जेसि प्रशुन सिन्जाली मगरले बताए ।

मगरले घाइते भएर बसेका सबिन श्रेष्ठलाई थप उपचार गर्न जोकोहीलाइ पनि सहयोग गर्ने मनसाय भए भिरकोट जेसिजलाइ सम्पर्क गर्न आग्रह गरे । कार्यक्रममा भिरकोट जेसिजका संस्थापक अध्यक्ष गुरु प्रसद गुरुङ (उमेश),भिरकोट जेसिजका अध्यक्ष सल्लाहकार एवं तरुण दल भिरकोटका अध्यक्ष राजकुमार गुरुङ,निवर्तमान अध्यक्ष मिना खाण , बालमैत्री नगर सहजकर्ता खुम प्रसाद खनाल,युवा नेता तारा अर्याल लगाएतले जन्मदिनमा आफ्नो फजुल खर्च कटाएर सामाजिक क्षेत्रमा योगदान गरेको कार्य अतुलनीय रहेको बताए । यम प्रसाद अधिकारी (लक्ष्मण) ले यश अघि पनि आफ्नो जन्म दिनमा सामाजिक कार्यमा योगदान पुर्याएको र सधै समाजको कल्याणको निम्ति लागिरहने बताए ।भिरकोट जेसिज वर्ष २०२१ का अध्यक्ष जेसि प्रशुन सिन्जाली मगरको सभापतित्वमा भएको कार्यक्रमको स्वागत कार्यकारिणी उपाध्यक्ष सुन्दर कोइरला संचालन उपाध्यक्ष जेसि सिर्जना गौतम काफ्ले गरेका थिए ।