सरकारलाई असफल वनाउने षडयन्त्र भयो : गृहमन्त्री थापा

प्रकाशित मिति:

गृहमन्त्री रामबहादुर थापाले सरकारलाई असफल बनाउन विभिन्न षडयन्त्र भइरहेको बताएका छन्। ‘यतिबेला एकता भाड्न, सरकारलाई असफल बनाउनका लागि विभिन्न षडयन्त्रहरु हुँदैछन्। यसबाट जोगिएर अघि बढ्नु पर्ने अवस्था छ सोमबार फिदिममा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने। हिजो कम्युनिस्टलाई फुटाएर शासन गरेकाहरु निक्कै आक्रमक तथा चिन्तित देखिएको भन्दै मन्त्री थापाले प्रतिक्रियावादीले गम्भीर किसिमको षडयन्त्र गरिरहेको दाबी गरे। फेरि फुटाएर शासन गर्न सकिन्छ कि भन्ने दाउ हेरिरहेका छन्। गम्भीर षडयन्त्रको समाना गर्नुपर्ने अवस्था छ। सरकारलाई असफल बनाएर विघटनको बाटोमा लैजाने, एकता भाड्न खोज्ने तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई असफल बनाउनका षडयन्त्र गरिँदै छ। तर त्यो सफल हुँदैन थापाले भने। सरकारले समृद्धिका लागि महत्वपूर्ण काम अघि बढाउने र काम गरेर देखाउने उनको भनाई छ।