किसान लघुवित्तले एफपीओ ल्याउने

प्रकाशित मिति:

काठमाडौं : किसान लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्न मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । किसानले १२ लाख ९८ हजार २५९।४९ कित्ता एफपीओ बिक्री गर्न लागेको हो ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा धितोपत्र बोर्डले स्वीकृति दिने प्रिमियम मूल्य थप गरी एफपीओ बिक्री गर्न लागिएको हो ।यद्दपि, किसानले एफपीओ निष्कासनका लागि बोर्डसँग अनुमति माग्न भने बाँकी नै रहेको छ । किसान र मुक्तिनाथबीच निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारीका लागि बुधबार सम्झौता भएको हो ।