बैंकहरुमध्ये सबैभन्दा बढी कर तिर्ने नबिल

प्रकाशित मिति:

काठमाडौं । गत आर्थिक वर्ष २०७५ र २०७६ मा बैंकहरुमध्ये सबैभन्दा बढी संस्थागत कर ९कर्पोरेट ट्याक्स० बुझाउनेमा नबिल बैंक भएको छ । बढी कर बुझाउने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले बिहीबार सम्मान गरेको छ । आर्थिक वर्षमा १ अर्ब ९० करोड रुपैयाँ संस्थागत कर सरकारलाई तिरेको थियो । विभागले गत मंसिरमा कर दिवसको अवसर पारेर नबिललाई बैंकहरुमध्ये सबैभन्दा बढी कर्पोरेट ट्याक्स जम्मा गर्ने सूचीमा राखेको थियो । कोभिडको भय र तिहारको समय भएकाले विभागले औपचारिक कार्यक्रम गरेको थिएन ।

पछिल्लो १० वर्षको अवधिमा बढी कर भुक्तानीको सूचीमा नबिल परेको यो पाँचौं पटक हो । समृद्ध मुलुक निर्माणका लागि बैंकले आफ्नो तर्फबाट सरकारलाई योगदान पुर्याएकोमा गर्व महसुस गरेको नबिलले जनाएको छ ।बैंकले व्यापार प्रबर्धन, रोजगारी सिर्जना र करको रुपमा राज्यको योगदानमा आफूलाई केन्द्रित गरेको छ । नबिल मुलुकको धेरै बैंकिङ गतिविधिका लागि अगुवा पायोनियर बैंक हो ।बैंकको गतिविधिमार्फत देशको अर्थ व्यवस्थालाई उकास्ने मात्र गरेको छैन । जनताको जीवनयापन र उनीहरुको आर्थिक बृद्धिलाईसमेत व्यापक पहुँच पुर्याइरहेको छ ।

नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले हालसम्म राज्यलाई १५ अर्ब ६ करोड रुपैयाँ कर बुझाएको छ । यो बैंकको कुल पुँजीको १।५ गुणा टाइम्स बढी हो । नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म १८७५ प्रतिशत लाभांश वितरण गरिसकेको छ । बैंकिङ क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने बैंकको परिचय बनाएको बैंकले आफ्ना राज्य र लगानीकर्तालाई आर्थिक योगदान पुर्याउँदै आफ्नो व्यवसाय र सेवा तीव्र विस्तार गर्दै अगाडि बढिरहेको छ । बेलायतको प्रतिष्ठित पत्रिका युरोमनीले लगातार दोस्रो पटक पनि नबिललाई ‘नेपालको उत्कृष्ट बैंक’ द्धारा पुरस्कृत गरिसकेको छ । हालै ग्रोथ सेलरमार्फत कर्मचारी अनुभवमा बैंकले उत्कृष्ट अवार्ड पनि प्राप्त गरेको छ । बैंकले देशभर १ सय १९ वटा शाखा र १ सय ८५ एटीएमबाट सेवा प्रदान गरिरहेको छ ।