आज प्रदोषव्रत, महिमा सहित हेर्नुहोस् आजको दिन

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल मंसिर महिनाको ४ गते मंगलबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत कार्तिक शुक्ल पक्षको द्वादशी तिथि दिवा १२।४३ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । रेवती नक्षत्र बेलुका ५।४६ बजेसम्म रहनेछ । आज सिद्धि योग कौलव करण रहेको छ । आज सूर्योदय ६।२९ मा छ भने सूर्यास्त बेलुका ५।८ बजे हुनेछ ।

आज चन्द्रमा मीन राशिमा रहनेछन् । आज मंगल प्रदोषको व्रतलिने दिन हो । त्रयोदशी तिथि सायंकालमा रहने दिन प्रदोषयुक्त रहन्छ । आजको सन्ध्याकालीन समय दोषयुक्त रहने भएकाले शिवजीको उपासना शुभ रहन्छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् हरेकपल वाट साभार गरीएको