नवलपरासीको महेसपुरमा नाकामा कोरोना परिक्षण

प्रकाशित मिति:

प्रकाश न्यौपाने
चैत्र २० गते
नवलपरासी । पश्चिम नवलपरासीको भारतसङ्ग सिमाना जोडिएको महेसपुर नाकामा हेल्प डेक्स स्थापना गरिएको छ । छिमेकी मुलुक भारतमा कोभिड -१९को संक्रमण बढे पछि रोजगारीका लागी भारत गएका नेपालीहरु स्वदेश फर्कने क्रम बढेकोले उहाँहरुलाई परिक्षण गर्नका लागी हेल्प डेस्कमार्फत सहयोग गरिने स्वास्थ्य कार्यलय नवलपरासीका प्रमुख कृष्ण प्रसाद पोखरेलले बताउनु भयो । उहाका अनुसार काेभिड -१९ सङ्क्रमण राेकथामका लागि नेपाल भारतको सिमानामा हेल्थ डेस्क स्थापना गरिएको हो ।

सीमावर्ती क्षेत्र महेशपुर नाकाबाट भित्रिने नागरिकको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ताले जानकारी दिनु भयो ।

भारतबाट आउने सबै नागरिकको व्यक्तिगत विवरणसहित स्वास्थ्य जाँच गरिने उनले बताएका छन् । “भारतबाट आउने नागरिकको ज्वरो मापन गर्ने, शङ्कास्पद देखिएमा तत्कालै आरडिटी परीक्षण गर्ने र थप उपचार गर्नुपर्ने भए अस्पताल पठाउने गरी व्यवस्था मिलाइएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको बारेमा सचेतना फैलाउन र भारतबाट आउने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सञ्चालन गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न आग्रह गर्नु भयो ।