हिमलाल ज्ञवालीप्रति श्रद्धाञ्जली सभा

प्रकाशित मिति:

चैत्र–२१, बुटवल । लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीले लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष स्वर्गीय हिमलाल ज्ञवालीको ७ औँ पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली तथा समवेदना कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीका अध्यक्ष पुरुषोत्तम पाण्डेयले लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालको स्थापना गरी लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा जिल्ला शाखा विस्तार गरी भाषा, साहित्य, कला र संस्कृति संरक्षण, संवर्धनमा उहाँको अतुलनीय योगदान रहेको र आगामी दिनमा वाङ्मय प्रतिष्ठानलाई सबैले मिलेर अगाडि बढाउने बताउनुभयो ।

कार्यक्रममा लक्ष्मण ज्ञवालीले बाल्यकालदेखि नै उहाँ सहयोगी, मिलनसार र कुशल योजनाकार भएको बताउनुभएको थियो भने वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईले उहाँ कुशल सङ्गठक, समस्या समाधानको कारक, परिवर्तन, अग्रगमन, भाषा, साहित्य, पत्रकारिता र समाज सेवाको क्षेत्रमा अनवरत लागेको व्यक्तित्व भएको बताउनुभएको थियो ।
त्यसैगरि साहित्यकार ऋषिराम भुसालले उहाँलाई साझा व्यक्तित्वको संज्ञा दिँदै समाजलाई आवश्यक पर्ने बहुआयामिक व्यक्ति रहेको बताउनुभयो भने भाषा, साहित्यको क्षेत्रमा उहाँले पु¥याएको योगदानको कदर गर्दै उहाँले देखाएको बाटोमा हिँड्नुपर्ने बताउनुभयो । त्यसैगरी लुम्बिनी वाङ्मय प्रतिष्ठानका सल्लाहकार देवेन्द्र घिमिरेले फरक परिवेशमा पनि घुमलमिल हुन सक्ने र हरेक विचारलाई सम्मान गर्ने सहयोगी र मिलनसार व्यक्ति रहेको बताउनुभयो ।

लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रा.डा. हिरण्यलाल ज्ञवाली, माण्डव्य सेवा आश्रम बुटवलका अध्यक्ष नेत्र प्रसाद ज्ञवाली, साहित्यकारहरू गुरुदत्त ज्ञवाली, राजेन्द्र कुमार आचार्य, सरिता श्रीस, यज्ञलाल सुवेदी, विजु पछाई खाती, रामचन्द्र श्रेष्ठ, हिरा शर्मा, माधव ज्ञवाली, गणेश पुण्य श्रेष्ठ, पत्रकार त्रिलोचन ज्ञवाली, कलाकार विजय सापकोटा, लोकेन्द्र शाह, सुमित्रा राना, चण्डिका प्रसाद काफ्ले, नारायण प्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन कृष्ण घिमिरे ‘गाउँले’ ले गर्नुभएको थियो ।